४ पुस २०८१ बिहीबार
image/svg+xml

भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध

चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।

पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ।

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

राममय बन्यो जलेश्वर

भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ।

‘चिनियाँ लगानीको बिजुलीमा भारतको रिजर्भेसन छ’

उनले भारतले चीनबाट नेपालमा उत्पादित बिजुलीप्रति चासो भने राख्ने गरेको तर त्यसको समाधानका लागि नेपाल–भारतबीच संवाद भइरहेको स्पष्ट पारे।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

नेपालले आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।

हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुरमा हावाबाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययन थालिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र वडा नं. १ देखि ९ सम्मका विभिन्न ठाउँमा हावाको गति नाप्ने काम सुरु गरिएको छ।

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काट्यो

नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज बेलुकीपख काटेको हो।

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ।

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।

साढे चार महिनामा १३ अर्ब २३ करोडको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारद्वारा स्वीकृति

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ। बंगलादेश सरकारले भारतको पावरग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बंगलादेशको सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्