७ वैशाख २०८१ शुक्रबार

सन् २०२३ मा पोखराका हवाई यात्रु साढे नौ लाख बढी

संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका छन्। तर, दुर्घटनापछिको त्यो त्रास र विमानस्थलप्रतिको आशंका चिर्दै पोखरा आउने हवाई यात्रु बढ्दै जाँदा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक धेरै यात्रुले पोखराको हवाई यात्रा गरेको विमानस्थलले बताएको छ।

पोखरामा दिनकै चार हजार हवाई यात्रु

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् ।

पोखराका हवाई यात्रु दिनकै ४ हजार

चाँडबाँडको बिदाले आन्तरिक र पर्यटकीय सिजनको कारणले विदेशी पाहुनाको आगमन बढ्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चाँप बढेको छ। यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन्। दिनमा चारहजार हाराहारीमा हवाई यात्रुको आउजाउ भईरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बढ्दैछन् उडान र यात्रु संख्या

पछिल्लो समय पोखराको हवाई उडानले दिनहुँ आकार बढाईरहेको छ। पोखराको हवाई यातायात लयमा फर्किन थालेको उडान तथ्यांकले देखाउँछ। आइतबार मात्र पोखराका लागि विभिन्न हवाई कम्पनिका २६ वटा उडान भएका थिए। आइतबारको हवाई यात्रु संख्या पनि दुर्घटनापछिको सबैभन्दा ठुलो आकारको थियो। आइबार पोखराबाट बाहिरिने यात्रुको संख्या १५ सय ३४ र पोखरा ओर्लिनेको संख्या १२ सय १० थियो। एकैदिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेको विमानस्थलले बताएको छ।

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।

पोखराका वर्षभरिका हवाई यात्रु झन्डै नौ लाख

सामान्य अवस्थामा दिउँसो चारबजे अघि नै सबै उडान सकिसक्नुपर्ने, धानवमार्ग छोटो हुँदा पूर्ण भार क्षमतामा यात्रु बोक्न नसक्नु, सबै हवाई कम्पनिका जहाज आउजाउ गर्न नसक्नु जस्ता समस्याका बाबजुत पनि पोखराले वर्षभरिमा झन्डै नौलाख हवाई यात्रुलाई सेवा दिएको छ। सन् २०२२ मा सबैगरि ८ लाख ८३ हजार ५ सय ३६ जना हवाई यात्रुलाई पोखराको विमानस्थलले सेवा दिएको हो। ती हवाई यात्रुमध्ये ८१ हजार १ सय ७६ जना विदेशी हुन्।

निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ।

ट्रान्जिट हवाई यात्रुको कोरोना परीक्षणमा रोक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको हो।

तुँवालोले २८ हजार हवाई यात्रु प्रभावित

अघिल्लो हप्ता पाँच दिनसम्म पोखराबाट कुनै पनि गन्तव्यमा हवाई उडान भएन। पाँच दिनपछि जसोतसो खुलेको मौसम पुनः बिग्रँदा सोमबारदेखि हवाई सेवा पुनः प्रभावित भएको छ। तुँवालोले हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्