संसद् बोल्ने ठाउँ मात्र भयो, कार्यान्वयन गर्ने ठाउँ हुन सकेन: राठौर
प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।
प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले निर्वाचन पश्चात संघ र प्रदेशमा काँग्रेससहित गठबन्धनकै सरकार बन्ने बताएका छन्।
मुलुकको विकास र समृद्धिका लागि काँग्रेससहितको गठबन्धनले जित्नैपर्ने उनको भनाइ छ। स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधीले गरिरहेको अवस्थामा विकास र समृद्धिका लागि आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा पनि नेपाली काँग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने राठौंरले जोड दिए।