८ आश्विन २०८१ मंगलबार
image/svg+xml

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोलीले राती आठ बजे राष्ट्रपतिभवन शीतलनिवास पुगेर निर्वाचन परिणामको प्रतिवेदन बुझाउने तयारी गरेको आयोग प्रक्त नवराज ढकालले जानकारी दिए।

सभामुखको निर्वाचन फागुन २ र उपसभामुखको ४ गते

प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तथा मर्यादापालकको पोशाक निर्धारण गरेको छ ।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा को को विजयी भए ?

राष्ट्रिय सभा निर्वाचनमा वाम गठवन्धनले बहुमत प्राप्त गरेको छ। वुधबार भएको निर्वाचनमा एमालेले २६, माओवादीले १३, कांग्रेसले १३, संघीय समाजवादी फोरम २ र राजपाले २ स्थान प्राप्त गर्‍यो।

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

राष्ट्रिय सभा निर्वाचन तीन नम्बर प्रदेशको परिणाम सार्वजनिक भएको छ। ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचन: प्रदेश ५ मा एमाले हाबी

राष्ट्रिय सभामा प्रदेश नम्बर ५ बाट सबैभन्दा बढी एमालेको प्रतिनिधित्व रहने भएको छ। बुधबार सम्पन्न निर्वाचन परिणाम अनुसार कुल ८ मध्ये ४ सदस्य एमालेबाट निर्वाचित भएका छन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ।

भिडियोमा हेर्नुहोस् राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर २ बाहेर सबै प्रदेशमा निर्वाचन भएको छ। २ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेको कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ ।मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्