८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरेको सर्यै अफ्गानिस्तानको निर्वाचन

लामो समयदेखि अवरुद्ध अफ्गानिस्तानको संसदीय र स्थानीय निर्वाचन पुनः सर्ने भएको छ । पटक पटक स्थगित हुँदै यसै वर्षको जुलाई महिनाका लागि तय भएको अफ्गानिस्तानको निर्वाचन फेरि तीन महिना पछि धकेलिने घएको छ ।

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आइतबार राती १२ बजे बाट मौन अवधि सुरु भएको हो।

प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

प्रदेश नम्बर ७ को प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको छ। धनगढीस्थित जिल्ला समन्वय समितीको सभाहलमा बसेको बैठकले प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हाम्रा सम्वाददाता दिलबहादुर छन्त्यालले जानकारी दिएका छन्।

फागुन ३ मा सभामुखको निर्वाचन

प्रदेश–४ को पहिलो बैठक सोमबार बस्ने भएपछि त्यसका लागि तयारी तीव्र पारिएको छ । सोमबारको पहिलो बैठकलाई व्यवस्थित बनाउन शनिबार दिँउसो सर्वदलीय बैठकसमेत भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रभित्रको प्रदेशसभामा पहिलो बैठक बस्दैछ । त्यसका लागि व्यवस्थापनलाई निकै तिव्रता दिइएको छ।

फोरमले निर्वाचनबाट मुख्यमन्त्री चयन गर्ने

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। प्रदेशकै ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ।

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।

प्रदेशसभा दोस्रो बैठकमा सभामुख निर्वाचन

सातवटै प्रदेशमा प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन गराउनुपर्ने र नवनिर्वाचित सभामुखले उपसभामुखको निर्वाचन गराउनुपर्ने भएका कारण पहिला सभामुखको निर्वाचन गर्न लागिएको हो।

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ को नमुना मतपत्र सार्वजनिक गरेको छ। आयोगले निर्वाचनका लागि आठवटा मतपत्र सार्वजनिक गरेको हो । प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र, स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षले मतदान गर्ने मतपत्र, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा सबै निर्विरोध

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगको बैठकले निर्वाचनका लागि सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजलगायतका लागि आचारसंहिता जारी गरेको हो ।

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

गुल्मीमा जित्नेको भन्दा हार्नेकोे निर्वाचन खर्च बढी

गुल्मीमा २१ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जित्नेको भन्दा हार्ने उम्मेदवारको निर्वाचन खर्च बढी देखिएको छ । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूले निर्वाचन सकिएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा १२ को मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १मा १२ जनाले मनोनयनपत्र दर्ता गरेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार मनोनयनदर्ताको अबधिमा प्रदेश नम्बर १ का ८ सिटका लागि १२ जनाले मनोनयनपत्र दर्ता गरेका हुन्।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी (भिडियो)

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ। ललितपुरमा मंगलबार सम्पन्न मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले उम्मेदवारी दिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्