८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर -  राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् ।

एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।प्रदेश नं ५मा ३०५ मतदाता छन् । यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजना महिला निर्विरोध निर्वाचित भइसकेका कारण अब पाँचजना निर्वाचित हुन बाँकी छ । पाँचजनाका लागि अहिले आठजना चुनावी प्रतिस्पर्धामा छन् । रासस

 

प्रकाशित: २३ माघ २०७४ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App