बाढी र डुबान चुनावी मुद्दा
साउन २८ गते सप्तरीका नदीमा आएको भीषण बाढीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकालाई हदैसम्म प्रभावित गर्यो। स्थानीय प्रशासनका अनुसार बाढीले पछिल्लोपटक सबैभन्दा बढी प्रभावित भएको तिलाठी कोइलाडी नै हो।
साउन २८ गते सप्तरीका नदीमा आएको भीषण बाढीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकालाई हदैसम्म प्रभावित गर्यो। स्थानीय प्रशासनका अनुसार बाढीले पछिल्लोपटक सबैभन्दा बढी प्रभावित भएको तिलाठी कोइलाडी नै हो।
राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ । विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।
राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणाको चुनावमा सहभागी हुने भएको छ। राजपा पदाधिकारी बैठकले पार्टी चुनावमा जाने अनौपचारिक निर्णय गरेको पार्टीसम्बद्ध नेताले बताएका छन्। बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्यले औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भएको राजपा पदाधिकारीले बताएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश पदाधिकारीले अगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने औपचारिक र प्रस्ट निर्णय गर्न अध्यक्षमण्डललाई दबाब दिएका छन् ।
संसद्बाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले स्थानीय तहको तेस्रो चरणको चुनावमा जाने संकेत गरेको छ। चुनावमा जाने या नजाने बारेमा औपचारिक निर्णय मंगलबार बस्ने राजपा पदाधिकारी बैठकले गर्नेछ। राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले मंगलबार बस्ने पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्ने बताए।
प्रमुख राजनीतिक दल भने एकै चरणमा निर्वाचन गर्ने पक्षमा उभिएपछि सरकारले दलीय सहमतिकै आधारमा मिति तय गरेको हो।
स्थानीय तह निर्वाचनको विरोधमा रहेका राजपा नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधनको प्रक्रिया अगाडि बढेसँगै चुनावको लागि वातावरण सकारात्मक बन्न थालेको बताएका छन्।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनमा प्रचारप्रसार गर्ने विद्यार्थी नेतामाथि कारबाही गर्ने भएको छ। संगठनको आचारसंहितामा सम्मेलनको तयारी बिनाप्रचार प्रसार गर्ने व्यवस्था रहेको छ। आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरेमा सम्मेलन प्रतिनिधि खारेज गर्ने व्यवस्था आयोजक समितिले गरेको छ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालभित्र कचिङल सुरु भएको छ। निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाहिँ चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरूकाबीच विवाद देखिएको हो। आयोगले राजपा गठन हुनुअघिका ६ दलमध्ये कुनै एकका चिह्न दिन सकिने जनाएको छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।
राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको निर्वाचनमा जान सहमत भएको छ। पार्टीभित्रै चुनावमा जाने नजाने अन्तरद्वन्द्व भइरहेका बेला शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भएको बैठकमा राजपाका शीर्ष नेताहरु चुनावमा जान सहमत भएका हुन्।
बैठकमा हृदयेश त्रिपाठीले चुनावमा नगए पार्टी समाप्त हुने धारणा राखेका थिए भने राजेन्द्र महतो र अनिल झाले यथास्थितिमा चुनावमा जान नसकिने बताएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई ‘दाग’ नलाग्नेगरी काम गरेर देखाउन आग्रह गरेका छन्। उनले राष्ट्रियता, असल आचरण, विचार र प्रस्ट कार्यनीतिका कारण एमाले स्थानीय तहमा देशकै पहिलो भएको भन्दै अबको निर्वाचनको परिणाम पनि जनप्रतिनिधिको काममै निर्भर हुने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रादेशिक सभा दुवै तहको चुनाव एउटै मितिमा गर्नेगरी तयारी थाल्न निर्वाचन आयुक्तसँग आग्रह गरेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसँग सोमबार भएको भेटघाटमा प्रधानमन्त्री देउवाले दुवै तहको निर्वाचन एउटै मितिमा गर्नेगरी तयारी गर्न आग्रह गरेका हुन्।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानिय तहको चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र रहेका बताएका छन्।