१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राजपा केन्द्रीय समितिमा चुनावी अजेन्डा

राष्ट्रिय जनता पार्टी, नेपालको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरू भएको छ। बैठकमा असोजमा प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने या नहुने अजेन्डामा छलफल सुरु भएको छ। बैठकामा बोल्ने केही नेताले संविधान संशोधन नभए पनि पार्टी चुनावमा जानुपर्ने बताएका छन् भने केही नेताले संशोधनबिना चुनावमा जान नसकिने अडान राखेका छन्।

चुनाव जिताउनेलाई मन्त्री बनाउने गच्छदारको घोषणा

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्।

एउटै मतपत्र भए दुवै चुनाव एकैचोटि :  आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र प्रयोगमा ल्याउन सकिने भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिने बताएका छन्।

संशोधन विधेयक स्वीकारेर चुनावमा जान दबाब

राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

राजपा पदाधिकारीको सुझाव : 'चुनावमा नगए पार्टी सिद्धिन्छ'

राजपाका अधिकांश पदाधिकारीले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

चुनाव सहभागी हुन राजदूतको सुझाव

राष्ट्रिय जनता पार्टी नेपाल गठन भएपछि पार्टीका नेताहरू दुई महिना अवधिमा सातौंपटक भारतीय दूतावासमा पुगेका छन्। राजपा स्थानीय तहको निर्वाचनमा जाने–नजाने अन्योलमा रहेका बेला राजदूतसँग सुझाव माग्न ती दलका नेताहरू  पटकपटक दूतावासमा पुगेका हुन्। पछिल्लोपटक मंगलबार राजपाका अध्यक्ष मण्डलका सदस्यहरू  दूतावास पुगेका थिए।

केन्द्र-प्रान्त चुनाव एकसाथ

मंसिरमा संसद्को मात्रै निर्वाचन भयो भने फेरि अर्को वर्षको वैशाख–जेठतिर मात्र निर्वाचन गराउने परिस्थिति हुँदा प्रदेश संरचना बन्न पनि ढिलाइ हुनेछ। प्रदेशले समयमै काम नथाल्नु भनेको फेरि स्थानीय तहको कामलाई समन्वय गर्ने निकायको अभाव हुनु हो।

काठमाडौं मेयरका १०१ काम, 'चुनाव जित्ने प्रपञ्च मात्रै'

महानरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने मेयरले एक सय एक अजेन्डाअनुसार काम नगरेको स्विकार्न तयार छैनन्। ‘सबै काम रातरात कहाँ हुन्छ त?’ कार्कीले भने, ‘गर्दै जाँदा चुनावमा उठाएका सबै काम हुनेछन्।’

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा शुक्रबार सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक गर्दा १८ अर्ब जोगिने

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरे।

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।

प्रदेश/प्रतिनिधसभा चुनावको तत्काल मिति तोक्न आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीलाई भेटेर ततकाल प्रदेश र प्रतिनिधिसभा चुनाव मिति तोक्न आग्रह गरे।

संविधान संशोधन नभई चुनावमा जान्नौँ : ठाकुर

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन्।

न तात्यो आन्दोलन,  न चुनावी सरगर्मी

न चुनाव पक्षधरले चाहेअनुसार तोकिएकै समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आन्दोलन सशक्त बन्यो। राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हडताल फिर्ता हुनुअगावै शुक्रबार वीरगन्ज बजार खुल्यो।

चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको डिजाइनमा सारेको बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्