ट्रम्पका चुनावी अभियानका प्रमुखमाथि जालसाझीको आरोप
राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल मानाफर्टमाथि युक्रेनसँगको सम्झौताका क्रममा अमेरिकामाथि जालसाजी गरेका आरोप लागेको छ।
राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल मानाफर्टमाथि युक्रेनसँगको सम्झौताका क्रममा अमेरिकामाथि जालसाजी गरेका आरोप लागेको छ।
२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।
सिंगापुर कुनै पार्टीको घोषणापत्रले होइन एक दूरदर्शी लि क्वान युको प्रयासबाट अहिलेको विकसित रूपमा आइपुगेको हो भने ४० वर्ष अगाडिको अति गरीब मलेसियालाई मोहम्मद महाथीरले सम्पन्न राष्ट्र बनाए । छिमेकी बिहार राज्यको कायापलट गर्नमा एक व्यक्ति नितीशकुमारको हात रहेको छ।
निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ । निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्।
कांग्रेससँग गठबन्धन बनेपछि उत्साही पशुपतिशमशेर राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएका छन् । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्नेमा उनी विश्वस्त छन् ।
मंसिर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको चुनावको अनुगमन गर्नका लागि यूरोपियन यूनियनले एक टोली खटाएको छ। उक्त टोली अक्टोबर २५मा नेपाल आइपुगेको र चुनाव सम्पन्न नहुने बेला सम्म नेपालमा रहने यूरोपियन यूनियनको वेभसाइटमा उल्लेख गरिएको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।
नयाँ राजनीतिक संरचनाअन्तर्गत पहिलो पटक प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ । पहिलो चरणमा परेका हिमाली र पहाडी जिल्लामा उम्मेदवारी दर्तासमेत भएको छ ।
नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो ।
मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १३ पार्टीका २९ जनाको उम्मेद्वारी दर्ता भएको छ। यी मध्ये ११ जना प्रतिनिधि सभा र १८ जना प्रदेश तर्फका छन्। मुख्य दलहरुले पुरानै अनुहार दोहोर्याएका छन् भने साना दलहरुले नयाँ अनुहार उम्मेदवार बनाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि पहिलो चरणको निर्बाचनमा भिड्न रोल्पाली उमेद्वारहरुले आ—आफ्नो मनोनयन पत्र दर्ता गराएका छन्।
एमाले र माओवादी केन्द्र गठबन्धनको संयुक्त कार्यदलले पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । कार्यदलमा पहिला मंसिर १० गते पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ ।
निर्वाचन क्षेत्रमा भएको हेरफेर र दलहरूबीच बन्दै गरेको गठबन्धनले धेरै नेतालाई आउँदो चुनावमा टिकटविहीन बनाइदिएको छ । केही क्षेत्रमा त विगतमा टिकट लिनका लागि दौडमा सामेल हुने नेताहरू यसपटक त्याग्नका लागि प्रतिस्पर्धा गरेको अनौठो दृश्य पनि देखापरेको छ ।
उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताए । ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको जानकारी गराए ।