४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा वर्षमान र अमरसिंह चुनावी मैदानमा

रोल्पा- प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि पहिलो चरणको निर्बाचनमा भिड्न रोल्पाली उमेद्वारहरुले आ—आफ्नो मनोनयन पत्र दर्ता गराएका छन्।

माओवादीको उद्गम भूमी मानिएको रोल्पामा उसले वाम गठबन्धनका तर्फबाट आफ्ना प्रभावसाली नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई मैदानमा पठाएको छ। उता नेपाली कांग्रेसले वर्तमान सिंचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनलाई भिडाउने भएको छ।

सालिन र भद्र युबा नेताको छबि बनाएका पुन केन्द्रको राजनीतिमा बढी प्रभाब भएका नेताको रुपमा चिनिन्छन। त्यसो त केन्द्रको राजनीतिक दाउपेचमा बढि भुल्ने भनेर आरोप खेपेका अर्का उमेद्वार हुन अमरसिंह पुन।

माओवादीबाट प्रदेश सभामा पोलिटब्युरो सदस्य कुलप्रसाद केसि सोनाम र २ मा पोलिटब्युरो सदस्य दिपेन्द्र पुन सिजल मैदानमा छन्। नेपाली कांग्रेसबाट भने पहिलो पटक अमरसिंह पुन निर्बाचनमा छन् । उनि संगै प्रदेश न. १ मा शेरबहादुर महरा र २ मा खगेन्द्र हमाल छन्।

वर्षमन पुनको उम्मेदवारी दर्ता गराउन एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, रोल्पा अध्यक्ष हरि प्रसाद घर्ती सहितको टोलि समेत पुगेको थियो।

एमाले नेता घर्तीको प्रस्तावमा वर्षमानको मनोनयन

माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुनले एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गराएका छन्। माओवादी र एमालेको संयुक्त र्‍याली सहित लिवाङ स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आज अपराह्नन उम्मेरदवार दर्ता गराएका हुन्। माओवादी र एमालेको सहमति हुँदा एकमात्र प्रतिनिधिसभा र रोल्पाका दुवै प्रदेश सभा सदस्य माओवादीले उम्मेरदवार दिएको हो। उम्मेरदवारी दर्ता पछि आयोजित संयुक्त जनसभालाई संवोधन गर्दै प्रतिनिधिसभाको उम्मेरदवार माओवादी नेता पुनले आफूहरुको विजयीको औपचारिक घोषणा हुन वाँकी रहेको दावी गरे। उनले वामगठबन्धनले विकास र संवृद्वि मार्फत रोल्पाको मुहार फेर्ने प्रतिबद्धता जनाउँदै आफूहरुलाई मतदान गर्न अपिल गरे।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीले गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गोलाकार भित्रको हँसिया हथौडामा मतदानगरी साझा उम्मेरदवारहरुलाई विजयी गराउन आफ्ना कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: ५ कार्तिक २०७४ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App