१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चुनाव प्रचारका लागि मनाङका उम्मेदवार काठमाडौंमा

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन्। मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमै प्रचार गर्न गएका हुन्।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

युवा भिडन्तले सिन्धुपाल्चोकको चुनाव तरंगित

पूर्वसभासद्, पूर्व लडाकु र युवा सम्मिश्रण सहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख)को चुनाव तरंगित भएको छ। कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ।

चुनावमय सामाजिक सञ्जाल

गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईको भोट माग्दै गरेको आवाज गोरखाको सबैजसो रेडियोबाट हिजोआज गुन्जिरहेको छ। ‘आउँदो आसन्न निर्वाचनमा मलाई आँखा चिन्हमा भोट हालेर जिताउनुहोस्’, आफै अडियो विज्ञापनमा बोल्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री बनाउनु भो, धेरै गरेँ, अझै गर्न बाँकी छ मलाई भोट दिनुहोस्।’

पिता अर्धभूमिगत, पुत्र चुनावी मैदानमा

आइतबार विहान गोंगवुमा एक युवा चुनावी प्रचारको क्रममा भेटिए। न ठूलो समूह न हल्ला खल्ला न त कुनै ठूलो योजना नै थियो। अग्लो कद र खिरिलो ज्यान भएका ति युवा थिए समिर सिंह अर्थात अशोक विक्रम जिसी। राजनीतिमा समिर सिंह चलेको नाम होइन तर उनका पिताको नाम भनेपछि 'ए…' नभन्ने सायदै कम होलान्। उनका पिताको नाम हो मोहन विक्रम सिंह। मोहन विक्रम सिंह नेकपा मसालका महामन्त्री हुन्।

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस चुनावी प्रचारमा

आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

एमालेबाट पार्टीको अध्यक्ष बनिदिनुहोस् भन्नुभएको थियो, मैले मानिनँ ।  एक अर्ब लगानी गरेमा कर छुट भन्ने छ, त्यसमा एमाले–माओवादीले विरोध गरेनन् । कम्युनिस्टहरू त किसान र श्रमिकका मुद्दा लड्ने हुन्, साना लगानी भएकालाई कर लाग्ने अनि ठूलालाई छुट हुने कुरा कम्युनिस्टहरूले गर्न हुन्छ ?

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्।

आसन्न चुनाव र नयाँ आशा

के कुरा बिर्सनु हुन्न भने कुनै जमानामा आत्मबलिदान, सौर्य, त्याग, अनुशासन, नैतिकताको स्वर्णिम इतिहास बनाएका पुराना पार्टीहरूभित्र सुसंस्कारको स्खलन भएर आज ती जनताका सामु नराम्ररी बदनाम भएका छन् । तिनका बलिदानका कारण लोकतान्त्रिक संघीय गणतन्त्र पाएका छौँ, तर जनताको दैनिक जीवनमा भने कुनै उल्लेख्य परिवर्तन आउन सकेको छैन ।

चुनाव खर्च व्यवसायीको काँधमा

बेपरवाह खर्च गर्ने बानी बसालेका राजनीतिक दल र उम्मेदवारको चुनाव खर्च जुटाउने माध्यम सदा झैं यसपटक पनि निजी क्षेत्रका काँधमा आइपरेको छ ।

सामाजिक सञ्जालमा चुनाव प्रचार

फेसबुक होस् या ट्विटर चुनावी अभियानले निकै रंगिएका छन् । राजनीतिक दलका नेताकार्यकर्ताले सचिवालय नै बनाएर यस्ता सामाजिक सञ्जालमार्फत चुनावी अभियान तीव्र पारेका छन् । साता÷महिनामा पनि एउटा स्टाटस अपडेट नहुने फेसबुक वालमा अहिले घन्टैपिच्छे चुनावी अभियानको फोटा र स्टाटस देख्न पाइन्छ ।

चुनावी तालमेलको रौनक

‘राजनीतिमा जे जस्तो पनि सम्भव हुन्छ ?’ सामान्य जस्तो लाग्ने यो प्रश्नको उत्तर दिन सहज छैन । किनभने राजनीति राजनीति जस्तो चल्दैन, चलाइँदैन । राजनीतिका सिद्धान्त र दर्शन मुलुकको सामाजिक, राजनीतिक, भूराजनीतिक अवस्थितिअनुसार अनुमोदन हुनुपर्छ, अर्थात् जनताले स्वीकारेको हुनुपर्छ । त्यसबेला भने जे पनि सम्भव हुन्छ, तिनै असम्भवलाई सम्भव बनाउने खेलो हुँदै छ यसबेला ।

यस्तो छ इलामको चुनावी अंकगणित

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।

मधेसमा चुनावी सरगर्मी बढ्यो

मौसम चिसिदै गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको महोलमा गर्मी बढ्दो छ। पर्सा जिल्लामा आफ्नो दलको बर्चश्व कायम गर्न चाहेका दलहरुभित्र नै उम्मेदवार बन्न चाहेका आकाँक्षीहरुको माग र दावीहरुले चुनावी सरगर्मी बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्