११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको प्राथमिकता महाधिवेशन कि चुनाव ?

नेपाली कांग्रेसले संसद् विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको कांग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने की नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरेको हो । तर अहिलेसम्मको आन्दोलन उसकै लागि बाध्यताको जस्तै बनेको छ । सडकमा संसद् विघटनको विरोधमा नारा लगाएपनि नेताहरूले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैन ।

कांग्रेसभित्रको लडाइँ : पार्टीको महाधिवेशन कि चुनाव ?

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन, व्यवस्था जोगाउनको लागि हो : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्।

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

‘संसद बिघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’

कांग्रेसभित्र मौलाएको ‘अनुशासन हिनता’ : आफ्नालाई आफ्नैले हराउँछन्

घोराही उद्योग बाणिज्य संघमा जस्तै कांग्रेस भित्रको ‘अनुशासन हिनता’ शनिबार भएको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा पनि छरपष्टै भयो । कांग्रेसले तोकेको चुनावी कमाण्डर तथा कांग्रेसका पुराना नेता केशव आचार्य भन्छन् ‘कांग्रेस भित्र अनुशासन भन्ने ठाउँ त अब कतै देखिएन ।’

चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन्।

निवार्चन आयोगले चुनावको तयारीबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।

ताजा जनादेशका लागि तोकिएको चुनावबाट दुई तिहाई ल्याउछौं : बादल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी वैशाखका लागि तोकिएको चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्।

कांग्रेसलाई जिताउन केपी ओलीले कुनै हालतमा चुनाव गर्दैनन् : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कुनै पनि हालतमा आगामी वैशाखमा चुनाव हुन नहुने बताएका छन्।

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।

वैशाखमा हुने चुनावबाट केपी ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो दल बन्छ : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

आयोगले कानुनी रूपमा सूर्य चिन्ह र पार्टीको आधिकारिकता हामीलाई दिन्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आधिकारिकता दिने दाबी गरेका छन्।

म दोहोर्‍याएर, तेहर्‍याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते चुनाव हुने दाबी गरेका हुन्।

चुनावले होइन अभावले छोएको छ

ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।

सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैनः नेता रायमाझी

उनले भने,'एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो। यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो। सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्