२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन, व्यवस्था जोगाउनको लागि हो : जनार्दन शर्मा

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्। मंगलबार सल्यानमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता शर्माले नेकपाको विवाद नटुंगिएसम्म चुनाव हुनै नसक्ने जिकिर गरेका हुन्।

‘नेकपाको विवाद उत्कर्षमा पुगेको छ। नेकपाको विवाद नुटुंगिएसम्म मध्यावधि चुनाव कुनै हालतमा हुन सक्दैन,’ उनले भने,‘यस्तो अवस्थामा चुनाव गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन्।’

उनले नेकपाभित्रको लडाइँ कुर्सीका लागि नभएर लामो संघर्षबाट प्राप्त व्यवस्था जोगाउनको लागि भएको बताए। ‘नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन,’ उनले भने,‘अहिलको लडाइँ संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता कार्यान्वयनका लागि हो।’

उनले विघटित प्रतिनिधि सभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादती अन्त्य नभएसम्म आन्दोलन गरिरहने समेत बताए।

प्रकाशित: ४ फाल्गुन २०७७ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App