८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनपछिको निर्लज्जता

अब तीनै तहको निर्वाचन सकियो । नेपाली जनताले नेकपा एमालेलाई पहिलो, नेपाली कांग्रेसलाई दोस्रो र नेकपा माओवादी केन्द्रलाई तेस्रो पार्टीका रूपमा स्थापित गरे ।

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन्।

मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन्।

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जना तारिखमा छुटेका छन् । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका १० मध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैकल्पिक निर्वाचन प्रणालीको बहस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणाम आएका छन् । वाम गठबन्धनले सहज बहुमत ल्याएको छ । पार्टीगतरूपमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टी भएका छन् । एमाले प्रदेश र प्रतिनिधिसभा दुवैमा भारी संख्याका साथ उपस्थित छ ।

दल बदल्दै निर्वाचन जित्दै

कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् । पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैं जित हात लागेको छ ।

स्थानीय निर्वाचन तुलनामा लोकतान्त्रिक गठबन्धनको मत सुधार

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ठूलो हार बेहोर्नुपरे पनि स्थानीय निर्वाचनको तुलनामा धेरै निर्वाचन क्षेत्रमा बढी मत प्राप्त गरेको छ । प्रदेश नम्बर १, ४ र ५ का २५ जिल्लामा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका १ सय २३ निर्वाचन क्षेत्रमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचनमा खसेको मत तुलना गर्दा यस्तो देखिएको हो ।

निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकले राजनीतिक स्थायित्व हासिल गर्ने विश्वास गरेका छन् । मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न हुनुले संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिएको उनको भनाइ छ ।

आमनिर्वाचन : केही तथ्य, केही टिपोट

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघीय गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनमा देशकै सबैभन्दा पुरानो एवं प्रतिष्ठित लोकतान्त्रिक दल नेपाली कांग्रेसले केही महिनाअघि मात्र नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वामपन्थी गठबन्धनको हातबाट इतिहासकै सबैभन्दा भीषण पराजय भोगेको छ । नयाँ संविधानले परिकल्पना गरेको जनप्रतिनिधिमूलक व्यवस्थापिका सदन (प्रतिनिधिसभाका प्रत्यक्षतर्फका कुल १६५ स्थानमध्ये कांग्रेसले २३ स्थानमात्र जितेको छ ।

रेशम चौधरीको प्रमाणपत्र कुरियरबाट निर्वाचन आयोग पठाइयो

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्।

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे।

निर्वाचनका कारण तरलतामा चाप

संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ । निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो रकम खर्च गरेको र उक्त रकम बैंकिङ च्यानलमा नआइसकेका कारण पनि तरलतामा चाप परेको हो ।

स्थानीय र केन्द्रीय निर्वाचनमा मतदान प्रवृत्ति उस्तै

सात महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाताले आफ्नो मत ठूला दलहरुलाई दिएका छन् । यसै वर्षको वैशाख, असार र असोज गरी तीन चरणमा सम्पन्न स्थानीय निर्वाचन र मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हालसम्म घोषित परिणाम हेर्दा मतदाताको शैलीमा खासै परिवर्तन आएको देखिँदैन ।

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादीका शर्मा बिजयी

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र २ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपल शर्मा बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा बिजयी भएका हुन्। नवनिर्वाचित प्रदेश सभा सदस्य शर्माले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका खड्क डाँगीले ८ हजार सय २७ मत प्राप्त गरे।

पहिलो चरण निर्वाचनका ३७ क्षेत्र मध्ये रसुवामा मात्रै काँग्रेसको अग्रता

पहिलो चरणमा निर्वाचन भएका ३७ स्थानमध्ये रसुवा जिल्लामा मात्र काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्