८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो

दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।  आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

निर्वाचन बिथाेल्न खाेज्ने विप्लव कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ।

प्रमुख निर्वाचन आयुक्त यादवले भोट हालेनन्

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादब मतदानमा मतदान गर्न गृह जिल्ला आएका छैनन्। राजविराजका स्थानीयबासी उनको नाम यहीँको मतदाता सूचीमा रहेको छ। राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादबको नाम मतदाता सूचीमा छ। ‘दिउँसो १ बजेसम्म उहाँ मतदान केन्द्रमा आउनु भएको छैन’, एक स्थानीयले नागरिकन्युजसँग भने।

निर्वाचन अनुगमनमा विदेशी पर्यवेक्षक (फाेटाे फिचर)

नेपालमा आज भइरहेको निर्वाचनको अनुगमन गर्न थुप्रै विदेशी संस्थाका प्रतिनिधिहरु पनि संलग्न छन् ।

निर्वाचनले पृथ्वी राजमार्ग सुनसान

निर्वाचनले विहिबार पृथ्वी राजमार्ग सुनसान भएको छ । नियमित रुपमा सवारी संचालन हुने राजमार्ग क्षेत्रमा दोस्रो चरणको निर्वाचनका कारण सुनसान देखिएको छ ।

संक्रमणकाल अन्त्य गर्ने एेतिहासिक निर्वाचन आज

नेपालको एक दशक लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्ने एेतिहासिक निर्वाचन आज बिहीवार हुँदैछ ।  आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ४५ जिल्लामा प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । पहिलो चरणमा मंसिर १० गते हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । आज मतदान सकिएपछि सबै ठाउँमा मतगणना हुनेछ ।

सबै तयारी पुरा: निर्वाचन आयोग

बिहीवार हुने मतदानका लागि ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तय गरिएका छन् । निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । त्यसैगरी निर्वाचन सुरक्षाका लागि  कूल १ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १ सय २८ तथा प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि मतदान हुदैछ ।

निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगको आह्वान

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि निर्वाचन आयोगलेआवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ। आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरे।

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ।

ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस : रक्षामन्त्री

रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्।  रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरे। “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्”, उनले भने।

निर्वाचन अधिकृत सम्मानित (भिडियो)

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

निर्वाचन विरोधी गतिविधि गर्ने  तीन भारतीय पक्राउ

दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

निर्वाचन बिथोल्न खोज्ने एक हजार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा

सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्