काठमाडौ- नेपालको एक दशक लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्ने एेतिहासिक निर्वाचन आज बिहीवार हुँदैछ । आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ४५ जिल्लामा प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । पहिलो चरणमा मंसिर १० गते हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । आज मतदान सकिएपछि सबै ठाउँमा मतगणना हुनेछ ।
आज हुने दोस्रो चरणको चुनावमा कुल ४ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् ।अाजको निर्वाचनका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।
प्रकाशित: २० मंसिर २०७४ २३:१४ बुधबार