८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

निर्वाचन अगाडि विप्लब समूहका १२ जना पक्राउ

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अशान्ति मच्चाउनसक्ने नेत्रबिक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी भनिएको संगठित समूहको १२ जनालाई पर्सा प्रहरले नियन्त्रणमा लिएको छ ।

सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदानस्थल पुग्दै

दुई दिनपछि हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री र सुरक्षा जनशक्ति जिल्लाका सबै मतदानस्थलमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरिका ९८ मतदान केन्द्रका २ सय ३३ स्थानमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित मतदानस्थलमा पठाइसकिएको जनाएको छ ।

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ।

निर्वाचनको लागि नेपाल भारत सीमा बन्द

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

निर्वाचन गतिविधि स्थगित नगर्न गगन थापाको आग्रह

बम आक्रमणमा घाइते भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षाको स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदि सरकारसँग आग्रह गरे।

महिलाका लागि प्रत्यक्ष निर्वाचन

कथम्कदाचित महिलालाई प्रत्यक्ष उम्मेदवारीको टिकट दिइहाले पनि पार्टीपंक्तिले कति पैसा छ ? चुनावमा कति खर्च गर्न सक्छौ ? पैसाको व्यवस्था गर्न सक्छौ ? घरको अवस्था कस्तो छ ? यी र यस्ता प्रश्न अघि सारेर प्रतिस्पर्धामा जान हतोत्साहित गर्ने अनुभव पनि महिला नेताहरूको छ ।

निर्वाचन सामग्री मतदान केन्द्र पुर्‍याइँदै [फोटो फिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्रसम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीपलगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो ।

निर्वाचनमा पैसा प्रभाव

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा जे जसरी सिद्धान्तको राजनीति हराउँदै गएको र त्यसको स्थानमा जातीयता, पैसा र भोजभतेर हाबी हुँदै गएको छ, त्यो चिन्ताको विषय हो । जब राजनीति दूषित हुन्छ तब निर्वाचन परिणाममा जातीय ध्रुवीकरण, पैसा, मदिराजस्ता तŒवले प्रभाव पार्ने गर्छन् । अहिलेको निर्वाचनका क्रममा यो टड्कारो देखिन थालेको छ । विशेष गरी प्रदेश २ का अधिकांश जिल्लामा जातीयताको नारा हाबी हुँदै गएको छ भने पैसा र मदिराको प्रयोग पनि निर्वाचन जित्न सहयोगी हुन थालेको छ । यसै कारण निर्वाचनका क्रममा विकासका मुद्दा हराउन थालेको छ ।

मतदान तयारी अवस्था बुझ्दै निर्वाचन आयुक्त

निर्वाचन आयुक्त सुधीर शाही मतदान तयारीको अवस्था बुझ्ने क्रममा रौतहट आएका छन् । सो अवसरमा उनले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए।

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

निर्वाचनको लागि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था कडा, दुवै देशका सुरक्षाकर्मीको गस्ती

मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ।

निर्वाचन क्षेत्रमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु गरेको छ।

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरेका छन् । यहाँका राजनीतिक दल र पत्रकारसँगको संयुक्त अन्तरक्रियामा पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्