८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन विरोधी १२ जना पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् ।

नयाँ व्यवस्थाको पहिलो निर्वाचन

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वैधानिक प्राणप्रतिष्ठा सम्पन्न हुने क्रममा छ । नयाँ संविधानले परिकल्पना गरेको राज्य संरचनाको गठनका लागि आयोजना गरिएको पहिलो आम निर्वाचनको पहिलो चरण सामान्यतः निर्विघ्न भन्न सकिने गरी पूरा भएको छ भने आगामी २१ गते हुने दोस्रो चरणको मतदानका लागि पनि निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरूका तर्फबाट गरिनुपर्ने सबैखाले तयारी पूरा भएका छन् ।

निर्वाचन प्रचारमा अाचारसंहिता

आचारसंहिताको पालनामा आयोगले सबैलाई समान ढंगले व्यवहार गर्न सकेको भए उसको शक्ति पनि बढ्ने थियो । साना र कमजोर नेता, संस्था देखिए भने तिनलाई चिठी काटिहाल्ने, कारबाहीको धम्की दिइहाल्ने तर ठूला नेताको हकमा जहिल्यै सहजीकरण गर्ने भूमिका आयोगको देखिएको छ जुन आफैंमा विडम्बनापूर्ण अवस्था हो।

द्वन्द्वोत्तर देशका निर्वाचन र नेपाल

द्वन्द्वोत्तर निर्वाचनको अनुभव र शान्ति सम्झौतापछिको नेपालका निर्वाचनहरूको अभ्यास र अनुभवबाट के प्रस्ट हुन्छ भने अहिले अभ्यास गरिएको निर्वाचन प्रणाली कायमै राख्ने हो भने यसले संघीय गणतन्त्रलाई असफल बनाउनेछ।

निर्वाचनका कारण बजेट रोकिँदा समस्या

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण बजेट निकासा नहुँदा बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना पुनस्र्थापना कार्य प्रभावित भएका छन्।  गत साउन–भदौमा आएको बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका सिँचाइ आयोजना पुनस्र्थापनाका लागि मन्त्रालयले करिब १७ अर्ब रुपैयाँ माग गरेको थियो। मन्त्रिपरिषद् बैठकबाट निर्णय भई आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

कान्छो जिल्लामा निर्वाचन तयारी पुरा

प्रदेश निर्माणको क्रममा प्रदेश नं. ४ मा परेको एकमात्र तराईको जिल्ला नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ। ७७ औँ जिल्लाको मान्यता पाएको नवलपुरमा दोश्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ।

निर्वाचनको लागि कांग्रेसले जिल्लामा प्रतिनिधि खटायो

नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिणामलाई पार्टीको पक्षमा पार्न केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्ला मध्य ४४ जिल्लामा पार्टीका विभिन्न तहका नेताहरुलाई खटाएको हो।

निर्वाचन खर्चको नियति

आयोगले मुलुकभर भोटिङ मेसिन प्रयोग गर्न नसक्दा करोडौँं रकम बराबरको मतपत्र छपाइमा खर्च हुने गरेको छ भने यसको व्यवस्थापन र मतगणनामा हुने ढिलाइका कारण पनि खर्च बढेको छ । यो वर्ष भएका सबै निर्वाचनको खर्चको औचित्यमाथि गम्भीर अध्ययन हुनु र फजुल खर्च भएको हो भने भविष्यमा दोहोरिन नदिने गरी व्यवस्थापन गर्नु आवश्यक भएको छ ।

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

मौसमले पनि साथ दियो निर्वाचनलाई

३२ जिल्लामा आइतवार भइरहेको निर्वाचनलाई मौसमले पनि साथ दिएको छ । आइतवार विहानसम्मको मौसमको अवस्था सामान्य रहेको छ । देशको उच्च हिमाली क्षेत्रमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्ला हिमपात हुने संभावना रहे पनि अन्य ठाउँमा मौसम  सामान्य छ ।

निर्वाचनका लागि ६८ हजार सेना परिचालित

५३ कारागार र २३ विमानस्थलको सुरक्षाका लागि नेपाली सेना तैनाथ भएका छन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चुनावका समयमा प्राप्त विमानस्थल तथा कारागारको सुरक्षा जिम्मेवारीअनुसार ती क्षेत्रमा सेना तैनाथ भएको हो ।

आइतबार ३२ जिल्लामा निर्वाचन हुँदै

निर्वाचन आयोगले पहिलो चरणमा आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

निर्वाचनसम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन।

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्