६ आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत थपलियाले मतदान

उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट शुक्रबार विहानै पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए।

स्थानीयतह निर्वाचन २०७९ः देशभर मतदान सुरु

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

उम्मेदवारको वैधानिक खर्च २९ अर्ब

देशभरिका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडामा १ लाख ४५ हजार ११ जना उम्मेदवारले शुक्रबार हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। आयोगले दिएको खर्चको सीमालाई आधार मान्दा उनीहरूले २८ अर्ब ९८ करोड ७३ लाख ५० हजार रूपैयाँ वैधानिक रूपमा खर्च गर्दै छन्।

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छः आयुक्त भण्डारी

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ। गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।

मतगणनास्थलमा सिसी क्यामराः ९ करोडले पुग्नेमा ३४ करोड!

सिसी क्यामरा सेवा प्रदायक व्यवसायीहरूका अनुसार यो ‘हाई लेबल सेटिङ’ हो। यसबाट निजी कम्पनीलाई करिब १६ करोड रुपैयाँ फाइदा पुग्ने भएको छ। मतगणनामा खलल पुग्ने वा अवाञ्छित गतिविधि निरुत्साहित गर्न र निष्पक्षताका लागि त्यहाँका गतिविधि रेकर्ड राख्न सिसी क्यामराको प्रबन्ध गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अवसर र चुनौती

निर्वाचन आयोगले लागु गरेको आचरासंहिता सहीरूपमा प्रयोग नहुनुले पनि निर्वाचनको निष्पक्षतामा कालो धब्बा लाग्ने गर्दछ। आचारसंहिता उल्लंघन गरेको खण्डमा निर्वाचन आयोगले काटेका पत्रलाई पनि बेवास्ता गरिन्छ।

आयोगमाथि अर्जुनदृष्टि

निर्वाचन आयोगले अघिल्लो निर्वाचनअघि मतपत्र छपाइ गर्न भनेर छापा मेसिन खरिद गरे पनि अहिले प्रयोग गरिएन। त्यो मेसिन अहिले प्रयोग नगर्नुको कारण के होला? राज्यले एकपटक गरिसकेको बजेट खर्चको सदुपयोग नगरेर चुनावैपिच्छे लागत बढाउने काम मात्र आयोगबाट किन भइरहेको छ ?

नौ उम्मेदवारको निधन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

आयोगले स्पष्टीकरण सोधेर चर्चामा आउने तर आचारसंहिता उल्लंघनमा कसैलाई कारबाही नगर्ने गरेको छ। उल्टो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनको सवालमा स्पष्टीकरण सोधिनुलाई नै कारबाही भएको बताएका छन्।

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ।

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ।

स्थानीय तह निर्वाचनः परिचयपत्र नहुँदा मतदाता अन्यौलमा

मतदाता परिचयपत्र हराए पनि मतदान गर्न पाइने मतदाता परिचयपत्र बितरणमा खटिएका कर्मचारीहरूले बताएका छन्। विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रका मतदान अधिकृत मोदराज दाहालले मतदाता परिचयपत्र हराए पनि नागरिकता, लाइसेन्स वा परिचय खुल्ने कागजात लिएर आए मतदान गर्न पाइने बताए।

मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।

मौन अवधिको मौनता

मौन अवधिलाई एउटा ध्यानको अवस्थाजस्तो बनाउन कोसिस गर्नुपर्छ। यसको पालना राम्ररी हुन सक्यो भने अन्तिम अवस्थाको चलखेल अन्त्य हुन्छ। विगतमा पनि निर्वाचनका बेला यही अवधिमा धेरै किनबेच भएको सुनिएको छ। त्यसैकारण परिणाम पनि अनपेक्षित हुन्छ।

मतदाता शिक्षा पहुँचवालालाई मत बदर प्रतिशत बढ्ने

सबैभन्दा धेरै मतदाता भएको काठमाडौं उपत्यकामा ५६ वटा चुनाव चिह्न भएको मतपत्र हुनेछ। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ५६ वटा चुनाव चिह्नबाट मतदाताले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य, खुला सदस्य दुईजना गरी सातजना उम्मेदवार छान्नुपर्नेछ। त्यसका लागि मतदाता शिक्षा निकै आवश्यक देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्