भूकम्प पछिको लाङटाङ (भिडियो)
भूकम्पले क्षति पुर्याएको पदमार्ग, निजी आवास र ऐतिहासिक सम्पदा पुनर्निर्माण भएसँगै लाङटाङमा पर्यटकको संख्या बढेको छ। भूकम्प गएको वर्ष पर्यटकको आगमन नभएको पर्यटकीय क्षेत्र लाङटाङमा दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन्। यो सिजनमा दैनिक डेड सयको हाराहारीमा पर्यटक यहाँ पुगेका छन्।