५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमालेको विरासत भत्काउने कांग्रेस-राप्रपाको दाउ

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्।

सडकमा जमेको पानी जाने निकास नभएपछि आवागमनमा कठिनाइ

मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ।

मेलम्चीको पाइपलाइन विस्तार अलपत्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

मेलम्चीको पानी फेरि उपत्यकाबासीको धारामा

सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्‍याएसँगै वितरण अवरुद्ध भएको थियो।

काकाकुल काठमाडौंको मेलम्ची सपना

निराशा तथा अनिश्चिताका बीच वहुप्रतीक्षित मेलम्ची पानीले थोरै समयका लागि भएपनि राजधानीबासीको तिर्खा मेट्ने भएको छ। यो सुखद समाचार हो।

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ। मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ।

वैशाख दोस्रो सातासम्ममा मेलम्ची पानी सुन्दरीजल आइपुग्ने

काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ।

मेलम्चीको पानी दुई साताभित्र काठमाडाैंमा

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ।

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ।

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा'

नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ।

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए। मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ।

मेलम्चीको आधा गेग्य्रान हटाइयो

कार्यकारी निर्देशक पौड्यालले निर्माण कम्पनीले विभिन्न ठाउँमा ग्रेगान हटाउने कामलाई तिव्र गतिमा अघि बढाइरहेको बताए। ‘गेग्य्रान हटाउने क्रममा कहिलेकहीँ ठूला खालका ढुंगा भेटिएसँगै कामको गति केही ढिला हुन्छ,’ उनले भने, ‘ठूला–ठूला ढुंगा भेटिनेबित्तिकै ब्लाष्टिङ गर्नुपर्ने भएकाले केही समस्या भइरहेको छ।’ कार्यकारी निर्देशक पौड्याल ढुंगा नभेटिँदा गेग्य्रान सफा गर्ने काम छिटो हुने र ढुंगा भेटिँदा ढिलो हुने गरेको बताउँछन्।

चैत मसान्तभित्रै मेलम्ची पानी उपत्यकामाः खानेपानी मन्त्री

मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।

मेलम्चीको पानी चैतभित्र काठमाडौंमा ल्याइने

शुक्रबार आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्