५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेलम्ची खानेपानी आयोजनाः अस्थायी मर्मतको जिम्मा सिनो हाइड्रोलाई

समितिले आयोजनाको हेडवक्र्स तथा सुरुङ निमाणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई करिब ३२ करोड रूपैयाँ लागतको भेरिएसन स्वीकृत भएको पत्र चार दिनअघि दिइसकेको छ।

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

मेलम्ची खानेपानी आयोजना: टुङ्गो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन। अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन।

'काठमाडौंमा बसेर मेलम्चीकाे पानी झार्ने मिति तोक्नु उचित होइन'

'पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन', अर्यालले भने, 'काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन।'

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब रूपैयाँ खर्च भएको छ। दुई दशक लामो प्रयासपछि गत चैतदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्न थालिएको थियो।

मेलम्ची बाढीः बेलिब्रिजले जोडिँदै हेलम्बुको ‘लाइफलाइन’

मेलम्ची बाढीले बगाएको हेलम्बुको ‘लाइफलाइन’ रातोपुलको स्थानमा बेलिब्रिज निर्माण गर्न थालिएको छ। सरकारले ‘फास्ट ट्र्याक’ मार्फत नेपाली सेना परिचालन गरेर मेलम्ची नदीमाथि हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण थालेको हो।

मेलम्ची खानेपानी बाँधस्थल अझै पुनः निर्माण सुरुआत हुन सकेन

पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ। राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन।

ह्युमपाइप राखेर मेलम्ची तर्ने वातावरण तय गर्दै नगरपालिका

मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ तथा स्थानीयवासीको आग्रहपछि उपभोक्ता समितिमार्फत नगरपालिकाले बजेट विनियोजन गरी ह्युमपाइप राख्ने काम भइरहेको उपभोक्ता समितिका सचिव जयराम दुलालले जानकारी दिए।

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन्। केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन्।

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्