६ आश्विन २०८१ आइतबार
image/svg+xml

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो।

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ।आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए।

खानेपानी पाइपलाइन विस्तारका क्रममा सामाखुशीकाे घर भत्कियो

काठमाडौंको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन्।

मेलम्ची बजार आसपासमा फोहाेर थुप्रियो

हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन्। बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ।

मेलम्चीको बाढीले थप तीन घर बगायो

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए।

मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए।

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य सुरु

कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए।

सरकारले बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो।

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ।

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र नेपाल इन्जिनियरिङ एसोसिएसनले गरेका छुट्टाछुट्टै अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। मेलम्चीको जलाधार क्षेत्र अझै पनि कमजोर छ। कतिबेला कमजोर धरातल खस्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ। पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो।

मेलम्चीले सात घर बगायो

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा र बाँकी रकम काठमाडौं उपत्यकामा पानी वितरण संरचना तयार पार्न खर्च भएको हो।

मेलम्ची खानेपानी आयोजनाबाट विस्थापितलाई तत्काल राहतको व्यवस्था मिलाउन निर्देशन

संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्