६ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्ची बाढी: हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

फेरि पछि धकेलियो मेलम्ची सपना

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।

मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’

मेलम्चीमा फेरि बाढी: रातो पुल बगायो, १२ घर टहरा पनि बगे

पछिल्लो बाढीले रातो पुल बगाएपछि हेलम्बु एक्लिएको छ। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुल मात्र बचेको थियो। जाली गारो र ढुंगाले यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनःअर्को बाढी आएको हो।

क्षतिग्रस्त मेलम्ची आयोजना : दुई महिनापछि मात्र काम सुरु हुने

योजना अनुसार पुनः निर्माण र मर्मंतसम्भारको काम सकिएको खण्डमा पनि उपत्यकामा अब मेलम्चीको पानी आइपुग्न माघ लाग्ने।

मेलम्ची बाढीः बगरमा तैरिएका पीडाहरु

बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।

मेलम्चीको पुनःनिर्माण गरेर यस वर्षभित्र काठमाडौंमा पानी ल्याउने : प्रम ओली

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।’ प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए।

मेलम्ची पुगेर प्रम ओलीले भने : समाजसेवा देखाउनका लागि हैन

उनले मेलम्चीमा राहत दिने नाममा कोही फेसबुकमा राख्ने, कोही धर्म प्रचारमा आउने गरेको बताउँदै राहतमा स्वार्थ राखेर समाजसेवा नहुने बताए। उनले राहत वितरण गर्ने जोकोहीले पनि स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा जोड दिए।

मेलम्चीको पानी आउन तीन महिना लाग्ने

काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ। मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ।

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए।

वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार!

प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ, समस्यासँगै समाधानको उपाय खोजिन्छ, तर त्यसलाई कार्यान्वयनका लागि एक सिन्का भाँचिदैनन्, त्यो काम गर्नका लागि अवरोध खडा गर्ने अवरोधकहरु नेपालीका लागि सबैभन्दा ठूलो समस्या बनेको छ।

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।

मेलम्ची फेरि अन्योलमा

हेडवर्क्स र मुख्य प्रवेश मार्ग २–२ वटा र एउटा अस्थायीसहित पाँचवटा पुल बगेको छ। मेलम्चीको विभिन्न खण्डमा करिब ९–१० किलोमिटर प्रवेशमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्