६ आश्विन २०८१ आइतबार
image/svg+xml

भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी

तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव।

बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सम्पुर्ण वार्डका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन्।

मेलम्चीका बाढी पीडितलाई खाद्यान्न सहयोग

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकोले खाद्य सामग्री प्रदान गरेका हुन्।

बाढीले समृद्धिको सपना चकनाचुर

सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

मेलम्ची बाढी: हेलम्बुमा क्षति नै क्षति

सुन्दर पर्यटकीय गाउँ हेलम्बु मेलम्ची बाढीले क्षतविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।

मेलम्चीलाई मल्हम!

काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्ची मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?

मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता

बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।

मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्।

ठाउँठाउँमा बाढी–पहिरोको वितण्डाः मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।

मेलम्चीमा विपद् व्यवस्थापन समिति गठन, प्रभावकारी काम गर्न सभामुख सापकोटाको निर्देशन

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्दार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गरे।

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।

उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।

मेलम्ची पहिलो चरणको निर्माण छिटै पूरा हुने

आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ। ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण

मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

बजेटमा मेलम्ची खानेपानी : साढे तीन अर्व विनियोजन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् शनिबार सार्वजनिक गरेको बजेटमा राजधानी उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपले हल गर्ने अपेक्षा गरिएको लार्के, यांग्री उपआयोजनालाई उच्च प्राथमिकता दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्