५ आश्विन २०८१ शनिबार
image/svg+xml

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने

जेलमा रहेका बच्चालाई कपडा

जिल्ला कारागार खोटाङमा आमासँगै आश्रित जीवन बिताइरहेका दुई नाबालकलाई कपडा प्रदान गरिएको छ। विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका आमासँगै जेलमा रहेका ती बच्चालाई २९औं बालदिवसको अवसरमा आइतबार सेतो गुराँस बाल विकास सेवा खोटाङले न्यानो कपडा प्रदान गरेको हो।

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।

त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य

जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्।

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्यलाई कारागार चलान गरेको छ। सङ्गठित मुद्दामा फरार आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको हो।

विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ। हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो। हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो।

जीर्ण कारागारमा अढाई गुणा बढी कैदीबन्दी

रौतहटको सदरमुकाम गौरस्थित जीर्ण कारागारमा क्षमताभन्दा अढाई गुण बढी कैदीबन्दी रखिएको छ। वर्षौंदेखि जीर्ण रहेको गौर कारागारको मूल भवन एक सय ८७ वर्ष पुरानो हो। राणाकालीन समय अर्थात् विक्रम संवत् १९८९ मा स्थापना गरिएको यो कारागारमा भवनमा त्यति बेला एक सय २० जना कैदीबन्दी राख्ने क्षमता थियो। झन्डै दुई सय वर्षअघि निर्माण भएको गौर कारागाार समयानुकूल मर्मत–सम्भार हुन नसक्दा दिनदिनै जीर्ण बन्दै गएको छ।

धराैटी तिर्न नसकेर विप्लव कार्यकर्ता कारागार चलान

नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्।

कारागारको भवन नै चिराचिरा

डाँफे–इन्द्रेणी–सगरमाथा जेभी कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ लागतमा कारागार भवन बनाएको हो। कमजोर जगमा बनाइएकाले सो भवन कारागार शाखालाई हस्तान्तरण नगर्दै चर्किन थालेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए।

कैदीलाई प्रजनन अधिकार प्रस्ताव, कारागारभित्रै बच्चा जन्माउन पाइने

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ।

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

बालिका बलात्कार गर्ने कारागार चलान

छ वर्षअघि बालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन्। रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए।

नसिम बादशाह कारागार चलान

विभिन्न ८ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुको मायादेत्री गाउँपालिका ४ पिपपराका ४८ बर्षीय नसिम खा बादशाहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालतको आदेशपछि उनलाई थुनामा पठाइएको हो। नसिमबिरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँका सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।

कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

बाँकेमा बन्ने अत्याधुनिक कारागार निर्माण अन्योलमा

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दा समेत चार प्रतिशतमात्र निर्माण कार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्