२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन्।

बाबुरामलाई मतदाताको प्रश्नै प्रश्न

पहिलो संविधानसभा निर्वाचनमा भारी मत ल्याएर जितेका बाबुराम भट्टरार्ई अहिले गोरखा–२ मा प्रतिनिधि सभाका उम्मेदवार हुन्। माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी खोलेर संयोजन गरिरहेका भट्टरार्ई अहिले कांग्रेसको साथ लिएर चुनावी मैदानमा छन् ।

उम्मेदवारलाई फूलमाला अनि, गुनासोको झटारो हान्दै मतदाता

आगमी मंसिर १० गते हुने निर्वाचनका लागि भोट माग्दै गाउँघरमा पुगेका वाम र लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदाताले विभिन्न माग र गुनासो राख्न थालेका छन्।

मतदाता रिझाउन महत्वकांक्षी योजना

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरि ‘आर्थिक समृद्धिको संकल्प’सहित घोषणापत्रमा सार्वजनिक गरेको छ।

मतदाताको घर–आगनमा उम्मेदवार

मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार यतिवेला जनताको घर दैलोमा पुगेका छन्। यो निर्वाचनमा दलहरुका मोर्चामात्र फेरीएको छैन, चुनाव प्रचार तथा भोट माग्ने तरीका फेरीएको छ । यस पल्ट पार्टीहरुका रोजाईमा ठूला चुनावी सभा खासै परेका छैनन् । नेताहरु आर्कषक नाराहरु लिएर वार्ड, टोल, जनताको घरदैलोसम्म पुगेका हुन।

निर्वाचनमा नयाँ मतदाता निर्णायक

प्रदेश नम्बर ७ का नौ वटा जिल्लामा गत स्थानीय तहको निर्वाचन पछि १ लाख ३१ हजार ९ सय ५९ जना नयाँ मतदाता थपिएका छन्। गत स्थानीय तह निर्वाचन पछि थपिएका नयाँ मतदाताले कसलाई मतदान गर्ने भन्ने कुराले नतिजामा प्रभाव पार्ने बिश्लेषण गरिएको छ।

मतदाता फकाउँदै उम्मेदवार

मतदातालाई आफ्नो पक्षमा पार्न जाजरकोटमा वामगठवन्धनका उम्मेदवार र नेपाली काँग्रेसका उम्मेदवारहरु विभिन्न रणनीतिमा लागेका छन्।

मतदाता दोधारमा

राजनीतिक हिसाबले  राष्ट्रिय छवि बनाएका पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत तथा समाज सेवा र  विपन्नलाई विभिन्न समयमा सहयोग गरेर निकै चर्चा कमाएका राजीवविक्रम शाहबीच  मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कडा टक्कर  हुने देखिएको छ।

अझै सुरु भएन मतदाता शिक्षा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक महिना बाँकी हुँदा पनि जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छैन । कार्यक्रम कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । मतदाता शिक्षा घरघरमा पु¥याउन नसके बदर मत संख्या बढ्नसक्छ।

सिन्धुमा सबा २ लाख मतदाता

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक दुई लाख २६ हजार पाँच सय १५ मतदाता पुगेका छन् । स्थानीय तह निर्वाचनपछि २६ हजार नयाँ मतदाता थपिएका हुन् । त्यतिबेला एक लाख ९९ हजार पाँच सय मतदाता थिए ।

१४ लाख मतदाता थपिए

स्थानीय तह निर्वाचनको तुलनामा करिब १४ लाख मतदाता थपिएका छन् । मंसिर १० र २१ मा हुने केन्द्र र प्रदेशको चुनावका लागि १ करोड ५४ लाख २७ हजार ७३१ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४८२ हजार मतदाता थिए ।

मतदाता १ करोड ५४ लाख

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ।

मतदान केन्द्र तयार, मतदाता प्रतिक्षामा

अन्ततः सोमाबार हुने स्थानीय तहको दोस्रो चरण अन्तरगतको निर्वाचनको लागि कर्मचारी, मतदान केन्द्र, मतदाता, दल र उम्मेदवार सबै तयार छन्। निर्वाचनमा खटेका कर्मचारीहरुलाई आइतवार दिनभरी मतदानकेन्द्र बनाउने लगायत तयारीमा भ्याईनभ्याई रह्यो।

मतदाता सूचीबाट नाम गायब

वीरगन्ज वडा नम्बर १८ का शिवनाथ राउतले साबिक भवानी ६ को मतदाताको रुपमा २०७१ बैशाख ३० मा सपरिवार फोटो सहितको मतदाता परिचयपत्रको लागि फोटो खिचाए।

मतदानबारे मतदाता अन्यौलमा

स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा अझै खुल्न सकेका छैनन् । उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता रिझाउन घर, खेत, खलिहान तथा हाट बजार समेतमा गएर भोट माग्न जाँदा मतदाताले सबैलाई भोट दिने आश्वासन दिइरहेका छन् तर कसलाई भोट दिने बिषयमा खुलेर कसैको पक्षमा प्रचार प्रसार गर्न सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्