सबै ध्यान राहत र उद्धारमा केन्द्रित गर
क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्नेछ । त्यति मात्र हैन, भूकम्पकै कारण हजारौँ घर भत्केका छन् भने घाइतेहरूलाई स्वास्थ्य संस्था लैजाने र उपचार गराउने क्रम पनि जारी छ ।