१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्प: रुकुम पश्चिममा उपचारपछि ३० जना घर फर्किए

भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको बताए।

हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले बताए।

उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो। हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्न सक्ने बताए।

उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट हुँदै रुकुमपश्चिमको  चौरजहारी अस्पतालमा पुगिसकेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App