१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानाध्यापकको क्षमता मापन गर्दै सरकार

विद्यालयको सफलताका पछाडि शिक्षक र प्रधानाध्यापकको भूमिका विशेष हुने गर्छ। शिक्षक र प्रधानाध्यापक सक्षम र इमानदार हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हुन नसकेको चर्चा हुने गरेको छ।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

राज्यले नीति बनाउने कि बेथिती ?

राज्यको नीतिगत कमजोरीका कारण सिटिइभिटि अन्तर्गतका स्वास्थ्य शिक्षा तहसनहस बन्दै , वर्षेनी साढे ७२ करोडको छात्राबृत्ति खेर जाँदै

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन्।

उच्च शिक्षा अध्ययनको पहिलो रोजाइ अष्ट्रेलिया

विगत एक वर्षभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिनेको सङ्ख्या सबै भन्दा बढी पनि अष्ट्रेलियाकैलागि रहेको तथ्याङ्कले देखाएको छ।

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

प्रविधिमैत्री बनाइँदै विद्यालय

अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीस्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।

‘नेपाली लगानी डुबाउने, विदेशीलाई पोस्ने’

सरकारले गरेको एउटा सानो नीतिगत निर्णयले निजी क्षेत्रको १५ अर्ब रूपैयाँ लगानी डुबेको छ। सरकारले नर्सिङ अध्ययन गराउने शिक्षालयहरूको सय शड्ढयाको आफ्नै अस्पताल हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि ती संस्था अप्ठेरोमा परेका छन् भने छिमेकी मुलुक भारतका सीमावर्ती इलाकामा खुलेका स्वास्थ्य शिक्षाका कलेजमा नेपाली विद्यार्थीको चाप बढेको छ।

हिमालय एअरलाइन्सद्वारा आर्थिक सहयोग

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

संघीय शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रने चेतावनी

शिक्षक संघ, सङ्गठनका नेताहरूले संघीय शिक्षा ऐनको ड्राफ्ट (मस्यौदा) लाई परिमार्जन नगरेआन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको दशौँ पूर्ण बैठकमा सहभागी शिक्षक नेताहरूले शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

उमेर अनुसारको यौन शिक्षा आवश्यक: यौन रोग विशेषज्ञ

यौन रोग विशेषज्ञहरूले आम मानिसहरूलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।

५२ वर्षपछि फेरिंदै विद्यालय शिक्षा कानुन

५२ वर्षअघि अर्थात् २०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विधिवत् रूपमा अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्