६ आश्विन २०८१ आइतबार
image/svg+xml

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।

राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ को नमुना मतपत्र सार्वजनिक गरेको छ। आयोगले निर्वाचनका लागि आठवटा मतपत्र सार्वजनिक गरेको हो । प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र, स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षले मतदान गर्ने मतपत्र, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र

मतपत्रमा ल्याप्चे र धेरै छाप

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचनप्रणाली दुवैतर्फ गरी ३१ हजार १ सय ६९ मत बदर भएको छ। सबैभन्दा बढी प्रदेशको समानुपातिकमा १३ हजार ४ सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

हस्ताक्षर नगरेको मतपत्र दिने मतदान अधिकृतलाई कारबाही

लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।

मतपत्र जलाइएका केन्द्रमा पुनः मतदान हुने

रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ। आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।

मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए।

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ।

रसुवा आइपुग्यो मतपत्र

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बुधबार साँझ जिल्लामा आइपुगेको छ ।

खोटाङमा जलाइयो स्थानीय निर्वाचनको मतपत्र

खोटाङमा स्थानीय तहको निर्वाचनमा उपयोग भएका मतपत्र जलाइएको छ । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो । दिक्तेलस्थित पूर्वाञ्चल सिँचाई सव–डिभिजन कार्यालयको स्टोरमा राखिएको मतपत्र बिहीबार नष्ट गरिएको हो ।

पुराना मतपत्र जलाइए

खोटाङमा स्थानीय तहको निर्वाचनमा उपयोग भएका मतपत्र जलाइएको छ। गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनक क्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो।

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

दुईथरी मतपत्र बनाउँदा तीन अर्ब थप खर्च

आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचन गर्न अलग–अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब रुपैयाँ हाराहारी व्ययभार थपिने भएको छ ।

मतपत्र विवादमा न्यायालय

सर्वोच्चको आदेशपछि मतपत्र छाप्ने विषयमा अध्ययन समिति बनाएरै आयोगले अध्ययन विश्लेषण गरेको हुनाले आयोगले सोबारे स्पष्ट धारणा बनाएकै होला । तर, सर्वोच्चको आदेशको पनि पालना हुने, ऐनको मकसद पनि पूरा हुने र जनताको आशंकासमेत समाप्त हुने बाटो आयोगले समात्न सकेको छैन ।

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग मतपत्र छाप्ने भएको छ । आयोगको आइतबारको बैठकले सर्वोच्च अदालतको मर्म, भावना अनुरुप हुनेगरी प्रत्यक्ष निर्वाचतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयपछि मतपत्र विवाद सकिएको छ । अब प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्