२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ग्लोबल आइएमई बैंकको ‘२ वर्षमै २ गुणा’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि’ मुद्दती योजना ल्याएकोे छ।

बुटवलमा दशैँ सस्तो बजार सुरु

बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को पुरानो बुटवल (बटौली) लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले कामको थालनी गरेको जानकारी दिए।

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ देखि १४ गतेसम्म बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

कृषि विकास बैंकमा दाहाल

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्। नेपाल सरकारको निर्णयानुसार सदस्यमा दाहाल नियुक्त भएका हुन्।

चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमा व्यवसायीको धर्ना

‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ,’

राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा

मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्‍यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।

पर्यटन क्षेत्रको गुनासोः बैंकको ब्याज दोब्बर भयो, तिर्न सक्दैनौ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्तालाई समेत प्रभावित र हतोत्साही बनाउने अवस्था आएको व्यवसायीले बताए।

एनएमबी बैंक र सिप्रदीबीच सहकार्य

एनएमबी बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।

राष्ट्र बैंकको नेतृत्वमा तरलता संकट समाधानको उपाय निकाल्छौः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने बताएका छन्।

सानिमा बैंकद्वारा छुट सम्झौता

सानिमा बैंकले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।

‘ओथारो’मा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ

पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यसबाट सेवाग्राहीले कुनै पनि समयमा बिना झन्झट खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्।

ग्राहकको लक्ष्य अनुसार रिकरिङ निक्षेप योजना

कुमारी बैंकले ‘धन बृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ। प्रारम्भिक बिज रकमलाई पाँचदेखि सय गुणा वृद्धि गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्