२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्राहकको लक्ष्य अनुसार रिकरिङ निक्षेप योजना

कुमारी बैंकले ‘धन बृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ। प्रारम्भिक बिज रकमलाई पाँचदेखि सय गुणा वृद्धि गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ।

ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धन वृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

योजना अनुसार आवर्ती योजना अन्तर्गत प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ। यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको जनाएको छ। यो योजना असोज १ गतेदेखि लागु भएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App