२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘गाउँमा ५० नाघेका कृषक छौँ, बैंकले ऋण पत्याउँदैन’

‘च्याउसरी वित्तिय संस्था छन्, बैंकहरु खुलेका छन् तर ति बैंक हाम्रा लागि होईन रहेछ’ पालुङटार नगरपालिका ९ सेराका रामचन्द्र सेँढाईले भने ‘अहिले गाउँमा खेती गर्ने ५० कटेकाहरु छौँ, हामीलाई नै नपत्याएपछि कसरी कृषि उत्पादन बढ्छ।’ किसानले लगानी बढाउन नसकेको, सहुलियतमा पाउने कृषि ऋण नपाएको र ब्यापार ब्यवसाय गर्नेले सरह ब्याज तिरेर ऋण माग गर्दा उल्टै हेपिएको गुनासो उनको छ।

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ।

१७ नयाँ भवन बनाउँदै वाणिज्य बैँक

कमजोर व्यवस्थापनका कारण लामो समय घाटामा सञ्चालन भएको सरकारी मातहतको वाणिज्य बैँकले नाफा वृद्धि गरेसँगै नयाँ भवन निर्माण गर्ने भएको छ।

तरकारीमा व्यावसायिकता खोज्दै पूर्व बैंकर

‘कृषि पेसा घाटामा जाँदैन । मनग्गे आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ ।’ तरकारी खेतीबारे कुरा गरिरहँदा पूर्व बैंकर लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटर एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

विश्व बैंकद्वारा बस्ती पुनर्निर्माण गर्न २२ अर्ब ८२ करोड ऋण सहयोग

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराएका छन।

सात सय ४५ स्थानीय तहमा वाणिज्य बैंक

मुलुकका सात सय ४५ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ। चालु आर्थिक वर्षको साउनसम्म सात सय ४३ स्थानीय तहमा पुगेकामा पाँच महिनाको अवधिमा थप दुई स्थानीय तहमा वाणिज्य बैंक पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

लघुवित्तका सदस्य साढे ४४ लाख

नेपाल राष्ट्र बैँकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लघुवित्त वित्तीय संंस्थाका सदस्य संख्या ४४ लाख ६१ हजार नौ सय पुगेका छन्।

‘लगानीका पर्याप्त सम्भावना’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।

किर्ते बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

पाँच महिनामा पाँच सय ९३ शाखा थपिए

बैँक तथा वित्तीय संस्थाबीच सर्वसाधारणलाई वित्तीय पहुँच दिन प्रतिस्पर्धा हुने गरेको छ। ग्राहकलाई आकर्षण गर्न नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएका वित्तीय संस्थाहरु शाखा कार्यालय विस्तारमा पनि आक्रामक हुँदै गएका छन्।

ब्याजदर कम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले बैँक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्न नेपाल राष्ट्र बैँकलाई निर्देशन दिएका छन्।

बैंकहरुले कुल गार्हस्थ उत्पादनमा ध्यान दिनु पर्‍यो : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन्। शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराएका हुन्।

मेरो कार्यकालमा वित्तीय सूचकमा उच्च सुधार

मुलुकको पुरानो सरकारी बैंकमध्येको एउटा हो राष्ट्रिय वाणिज्य बैंक। २०२२ माघ १० मा स्थापना भएको यो बैंक आज (शुक्रबार) देखि ५५ औं वर्षमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्