२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लघुवित्तका सदस्य साढे ४४ लाख

काठमाडाैँ - नेपाल राष्ट्र बैँकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लघुवित्त वित्तीय संंस्थाका सदस्य संख्या ४४ लाख ६१ हजार नौ सय पुगेका छन्। यी सदस्यलाई चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ८९ वटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ५५ हजार चार सय २५ जनालाई लघुवित्त कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।

न्यून आय भएका सर्वसाधारणलाई बिनाधितो कर्जा दिने उद्देश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाका तीन हजार ६ सय ९९ शाखा कार्यालय सञ्चालनमा छन्। मुलुुकका ७७ वटा जिल्लाका दुर्गम तथा पिछडिएका क्षेत्रमा दुई लाख ८६ हजार पाँच सय २४ सेवा केन्द्र सञ्चालन गरी लघुवित्तसम्बन्धी सेवा दिँदै आएको नेपाल लघुवित्त बैँकर संघले जनाएको छ।

नेपाल राष्ट्र बैँकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लघुवित्त वित्तीय संंस्थाका सदस्य संख्या ४४ लाख ६१ हजार नौ सय पुगेका छन्।

संघका अनुसार सो अवधिसम्म लघुवित्त वित्तीय संस्थामा करिब १८ हजार तीन सय ७९ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन्। समूहमा आवद्ध सदस्यलाई लघु कर्जा तथा बचत गर्दै आएका यी संस्थाले व्यक्तिगत बचत, बिमा बचत र बाल बचत गर्दै आएका छन्।

त्यसैगरी, रेमिट्यान्स भुक्तानी सेवासहित सामाजिक सुरक्षा सेवा, लघु कर्जा, बचत सुरक्षण सेवा र सीप क्षमता विकास लगायत अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन्।त्यस्तै चालु आवको पाँच महिनाको अवधिमा लघुवित्त वित्तीय संस्थाका एक सय ९८ वटा शाखा कार्यालय थपिएका छन्। गत आवको असार मसान्तसम्म तीन हजार ६ सय २९ वटा शाखा कार्यालय रहेकामा चालु आवको मंसिर मसान्तसम्म शाखा कार्यालयको संख्या तीन हजार आठ सय २७ पुगेको राष्ट्र बैँकले जनाएको छ।

नेपाल लघुवित्त बैँकर संघका पूर्वअध्यक्ष रामचन्द्र जोशीका अनुसार लघुवित्त संस्थाले बैँकिङ पहुँच नपुगेका क्षेत्रमा कर्जा प्रवाह गरी गरिबी न्यूनीकरणमा ठूलो भूमिका खेलेको बताए। सर्वसाधारणको घरदैलोमा गई बिनाधितो कर्जा उपलब्ध गराउँदै आए पनि उचित व्यवस्थापनको अभावमा दोहोरो कर्जा मूल समस्याको रुपमा रहेको छ। हालसम्म करिब २५ प्रतिशत दोहोरो कर्जा लिएको बताउँदै उनले भने, ‘दोहोरो कर्जाको सही सदुपयोग गर्न सके यो समस्या हुँदै होइन। धेरै संस्थाबाट कर्जा लिई लगानी गर्दा नाफा बढ्ने भएकाले सबैको कर्जा तिर्न सक्छ तर कर्जाको दुरुपयोग भएपछि परिवारमा झगडा हुने र बैंकलाई सावा ब्याज तिर्न घरखेत नै बिक्री गर्नुपर्ने अवस्था आउछ।

प्रकाशित: २१ माघ २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App