६ वैशाख २०८१ बिहीबार
अर्थ

रेमिट्यान्स उपभोगमा खर्च

काठमाडाैँ - विदेशवाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) रकम उपभोगमा खर्च हुने गरेको एक सर्वक्षणले देखाएको छ। नेपाल जीवनस्तर सर्वेक्षण ०६७/६८ अनुसार विदेशवाट भित्रिने विप्रेषण अधिकांस रकम घरायसी खर्च हुने गरेको हो।

सर्वेक्षण अनुसार कूल विप्रषण रकमको करिब ७८ दशमलव ९ प्रतिशत रकम घरायसी उपभोगमा खर्च हुने गरेको छ। त्यसैगरी, ऋण तिर्नका लागि ७ दशमलव १ प्रतिशत, शिक्षामा ३ दशमलव ५ प्रतिशत र घरायसी सम्पतीका लागि करिब ४ दशमलव ५ प्रतिशत रकम खर्च हुने गरेको उल्लेख गरिएको छ।

राष्ट्र बैँकले मुलुकका १६ जिल्लाका तीन सय २० घरपरिवारमा स्थलगत सर्वेक्षण गरी उक्त प्रतिवेदन तयार गरेको हाे।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७१/७२ मा गरेको स्थलगत सर्वेक्षण अनुसार कूल विप्रेषण रकमको २५ दशमलव ३ प्रतिशत ऋण तिर्न, २३ दशमलव नौ प्रतिशत खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु, नौ दशमलव सात प्रतिशत शिक्षा र स्वास्थ्य, तीन दशमलव पाँच प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा हुने गरेको छ। सम्पती खरिदका लागि कूल विप्रषणको करिब तीन दशमलव शून्य प्रतिशत खचै हुने गरेको उल्लेख गरिएको छ।

राष्ट्र बैँकले मुलुकका १६ जिल्लाका तीन सय २० घरपरिवारमा स्थलगत सर्वेक्षण गरी उक्त प्रतिवेदन तयार गरेको जनाएको थियो। त्यसैगरी, कूल विप्रषण रकमको २८ दशमलव शून्य प्रतिशत बचत, १ दशमलव १ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छ। राष्ट्र बैँकका अनुसार आव ०७५/७६ मा करिब दुई लाख ४३ हजार आट सय ६८ जना वैदेशिक रोजागरीका लागि विभिन्न मुलुक गएका थिए। सो अवधीमा सबैभन्दा बढी ५ दशमलव ३ प्रतिशत खाडी मुलुक गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्र बंैकको प्रतिवेदन अनुसार विप्रेषणको उत्पादनशिल क्षेत्रमा लगानी बढाउन राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा रेमिट्यान्स आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट रेमिट्यान्स आप्रवाह आकर्षित गर्न रेमिट्यान्स पठाउँदा लाग्ने लागतमा कमी गर्नूपर्नै लगायतका छन्। त्यसैगरी, आव ०७१-७२ मा १३.६ प्रतिशत वृद्धि भएकोमा आव ०७२-७३ मा ७.७ प्रतिशतले बढेको थियो। आव ०७४-७५ मा ८.६ प्रतिशत, आव ०७५-७६ मा १६.५ प्रतिशतले बढेको विपे्रषण रकम आव ०७६-७७ को चार महिनाको अवधीमा विप्रेषण रकम घटेको छ। सो अवधीमा करिब तीन सय चार अर्ब ९७ करोड रुपैयाँ विपे्रशष भित्रिएको राष्ट्र बैँकले जनाएको छ। उक्त रकम गत आवको तुलनामा करिब दुई दशमलव तीन प्रतिशतले कम हो।

गत वर्ष मलेसिया लगायत अन्य खाडि मुलुकमा जाने कामदारको संख्या कम घटेका कारण विपे्रषण रकम घटेको राष्ट्र बैँकले जनाएको छ।

प्रकाशित: १७ माघ २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App