४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओलीप्रति इंकित गर्दै नेपालले भने: हैसियत नै छैन भन्नेको घमण्डलाई आगामी निर्वाचनमा चकनाचुर पार्छौं

‘हाम्रो काँध बलियो रैछ अहिलेसम्म धानेकै छौ’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्ने कुरामा कहिल्यै नचुक्ने बताए।

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव

प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ। केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताए।

निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं नोक्सानी हुन्छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताएका छन्।

ओली नेतृत्व सरकारले काम नगरी समृद्धिको खोक्रो नारा मात्रै लगायोः नेता खनाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्।

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।

चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय

नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा एसका छिरिङ लामा विजयी भएका छन्। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उनी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याए।

सूर्याेदय कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

सूर्याेदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ।

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्।

गठबन्धनभित्र अपमानपूर्ण व्यवहार मान्य हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल गठबन्धनभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्।

कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

स्थानीय चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति छ। त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ। तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।

तत्काललाई जोगियो नेकपा एस

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ।

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्