२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सूर्याेदय कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

सूर्याेदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ। कार्यपालिकामा निर्वाचित गरिने महिला, दलित र अल्पसंख्यक सदस्यमा एमाले र नेकपा (एस)ले तालमेल गरी बहुमत ल्याएका हुन्।

सूर्याेदय नगरपालिका नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री भलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका हो। नगर कार्यपालिका सदस्यमा एमाले र नेकपा (एस)ले ४/४ सदस्यको भागबन्डा गरेकामा सबै निर्वाचित भएका छन्।

सदस्य महिलामा केशरकुमारी पौडेल, चन्द्रकला परियार, सावित्रा शिवा र लतादेवी गौतम अधिकारी र लामु शेर्पा ३८–३८ मत ल्याएर विजयी बने। दलित तथा अल्पसंख्यक सदस्यमा चित्रकला बराइली र ख्यामबहादुर भुजेल ३८–३८ तथा सोनामछिरिङ लामा ३९ मतसहित विजयी भए। नेपाली कांग्रेसका सबै उम्मेदवार पराजित भए।

सूर्याेदय नगरका १४ मध्ये ७ वटा वडामा कांग्रेस, ५ वटामा नेकपा (एस) र २ वटा वडाको अध्यक्ष एमालेले जितेका छन्। कार्यपालिका सदस्यका लागि मतदान गर्ने ७२ जना निर्वाचितमध्ये कांग्रेसका ३४, नेकपा (एस)का २० र एमालेका १८ जना थिए। एमाले र नेकपा (एस)बीच गठबन्धन भएपछि कार्यपालिका सदस्य छान्न ३८ मत थियो भने कांग्रेसको ३४ थियो।

वैशाख १० को निर्वाचनमा सूर्याेदय नगरको मेयरमा नेकपा (एस)का रणबहादुर राई र उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल निर्वाचित भएका छन्। उनीहरू सत्ता गठबन्धनबाटै विजयी बनेका हुन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App