१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

गाईले घाँस खाएको निहुमा भएको विवादमा खुकुरी प्रहार: घटनास्थलमै मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका–१०  स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्यु भएको प्रहरी निरीक्षक अर्यालले बताए । उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको हो ।  

घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

 

प्रकाशित: १७ माघ २०८२ २१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App