१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ।

बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ।

पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो।

यस्तो अवस्थामा यात्रु दहभित्र खस्न सक्ने भएकाले बरफमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैमा आग्रह गर्दै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपार्न पनि सबैमा अनुरोध गरे‍।

हाल गोसाइँकुण्ड क्षेत्रमा चिसो बढिरहेको र पर्यटकको चहलपहल पनि रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गाउँपालिकाले निगरानी बढाएको जनाएको छ।

तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।

साथै, मौसमको प्रतिकूलता हेरी हिउँ परिरहने क्षेत्र चिप्लोबाटो भएकाले साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि सुरक्षा निकायले अनुरोध गरेको छ।

प्रकाशित: १७ माघ २०८२ २०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App