१० आश्विन २०८१ बिहीबार
image/svg+xml

‘सहरलाई चुनाव लागेकै छैन’

यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन। राजनीतिक दलकै कार्यकर्तालाई पनि यो पटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिदै गएपनि निर्वाचनबारे धेरैलाई चाँसो छैन। न सर्वसाधारणले घरदैलो कार्यक्रम देखेका छन, न, कोणसभा नै। उम्मेदवारको घरदैलोमा पनि ८–१० जना भन्दा बढी हिडेको देख्नै पाइन्न। चुनावी माहोलमा पुराना नेता कार्यकर्ता, शुभेच्छुक र मतदाता त परिचालित भएनन् नै, स्वयं राजनीतिक दल पनि सक्रिय देखिन्न।

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्