१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सेयरमा सफलता

राजनीतिक अस्थिरता भएको मुलुकमा लगानीको वातावरण बन्दैन । अस्थिरतामा न विदेशीहरू लगानी गर्न आउँछन् न त स्वदेशी लगानीकर्ताको मनोबल नै बढछ । अस्थिरताभर लगानीकर्ताको सोच ‘पर्ख र हेर’ को अवस्थामा हुन्छ । लगानी गर्नु जोखिम हो तर अस्थिरतामै लगानी गरेर थप जोखिम मोल्न कोही तयार हुँदैन । गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक अस्थिरता सुरु भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा अहिले अदालतमा छ ।

एलन मस्क भन्छन् : उत्पादन राम्रो बनाऊ, बैठकमा धेरै समय खर्च नगर

अर्बपति सिइओ मस्कले कम्पनी व्यवस्थापनका लागि जहिले पनि असामान्य कदम चाले। जसमध्ये एउटा कदमले त उनलाई अप्ठेरोमा समेत पारेको थियो।

ओमानलाई शतप्रतिशत सफलता

कप्तान जिसन मक्सुद र अकिब इलयासले २ सय १६ रनको विशाल साझेदारी गरेपछि ओमानले नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकासँगको दोस्रो खेल पनि जित्दै शृंखलामा शतप्रतिशत सफलता प्राप्त गरेको हो।

एपिएफ र पुलिसको सहज जित

सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार दोस्रो सफलता हात पारेको छ।

सफलताको सूत्र

उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ।

‘प्यासन’ ले दिलाएको सफलता

साइकल चलाउन डाउनहिल आफैंमा गाह्रो र कठिनाइ हुन्छ। त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौती हो। त्यही चुनौतीलाई पन्छाउँदै २२ वर्षीया जमुना थापाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा साइक्लिङ डाउन हिल प्रतिस्पर्धामा रजत पदक जितिन्। रजत पदकमा साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेका छन्।

सागमा ऐतिहासिक सफलता

काठमाडौंमा भएको आठौं संस्करणमा नेपालले जुन सफल नतिजा निकालेको थियो, अहिले २० वर्षपछि घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले ५१ वटा स्वर्ण पदक जितेर नेपाली खेलकुदमा इतिहास रच्ने काम गरेको छ।

नेपाललाई ऐतिहासिक सफलता

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो।

हार सफलता कोर्ने बाटो

हरेक गल्तीबाट पाठ सिकेर सफलता चुम्नु नै परिश्रमी व्यक्तिको चिनारी झल्कने गर्छ। जुडोकी पुनम श्रेष्ठले पनि सोही किसिम अनुसरण गरिन्। पुनमले पनि हारलाई नै सफलताको कोर्ने बाटो बनाइन्। भारतमा सम्पन्न गत संस्करण १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले निराशाजनक नतिजा सामना गर्दा पुनमको प्रदर्शन पनि निराशाजनक नै थियो।

अब्बल एसपी साहव : प्रहरीको मेहनतले सुरक्षामा सफलता

‘कति एसपी साहब आए , कति गए । सबैले आफ्नो–आफ्नो तरिकाले सुरक्षा दिनलाई तल्लिन भएर काम गरे’गुलरिया बजारका स्थानीय मैताव ऐराकि भन्छन,‘त्यसैकारण जिल्लामा सुरक्षा फितलो भएको महशुस अहिले सम्म भएको छैन ।’ तर, प्रहरीले अवलम्बन गरेको नितीले अपराध नियन्त्रण देखिएको सुरक्षा छनकले स्थानीयले प्रहरीको मुक्तकन्ठले प्रशंसा गर्न बाध्य भएको उनले सुनाए ।

नेपाललाई ऐतिहासिक सफलता

अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन्।

लाम्पार्डलाई पहिलो सफलता

टमी अब्राहमको दुई गोलप्रेरित चेल्सीले फ्रान्क लाम्पार्डको नेतृत्वमा पहिलो सफलता निकाल्दा शनिबार नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ। लाम्पार्डको नेतृत्वमा लगातार तीन खेलमा जितविहीन चेल्सीले चौथो खेलमा भने सफलता प्राप्त गर्दा नर्विचलाई स्तब्ध बनाएको हो। २१ वर्षे युवा खेलाडी अब्राहमले चेल्सीमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। अब्राहमको गोलबाट चेल्सीले तेस्रो मिनेटमै अग्रता लिए पनि त्यसको तीन मिनेटपछि नै नर्विचले बराबरी गोल फर्कायो। नर्विचका लागि टोड कान्टवेल बराबरी गोल फर्काए।

पेनाल्टी सुटआउटमा इन्टरलाई सफलता

पोर्चुगलका मिडफिल्डर जाओ मारिओको निर्णायक गोलको मद्दतमा शनिबार इन्टर मिलानले नेइमारविहीन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराएको छ।

सफलताका तीन सूत्र

संसारकै धनी टेलिभिजन प्रस्तोता ओप्रा बिन्फ्रे १३ वर्षको उमेरमा बलात्कृत भएकी थिइन्, बिजुलीबत्ती आविष्कार गर्ने क्रममा थोमस अल्भा एडिसन हजारपटक विफल भएका थिए अनि अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘ह्यारी पोटर’की लेखक जेके रोलिङलाई प्रकाशकले १२ पटक ‘रिजेक्ट’ गरेका थिए। यी सबै सफल व्यक्तिका जीवनमा दुइटा कुरा समान छन् ः पहिलो– हार र दोस्रो– हारलाई हराउने आत्मबल। ओप्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थियौँ, एडिसनले २÷४ पटककै प्रयासमा हरेस खाएका भए सायद हामीले अन्धकारमै बाँच्नुपर्ने थियो, अनि जेके रोलिङ ‘रिजेक्सन’सँग डराएका भए सायदै हामीले संसारकै उत्कृष्ट पुस्तक पढ्न पाउने थियौँ !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्