१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रञ्जन खड्का
रञ्जन खड्का

रञ्जन खड्काका लेखहरु :

सफलताका तीन सूत्र

संसारकै धनी टेलिभिजन प्रस्तोता ओप्रा बिन्फ्रे १३ वर्षको उमेरमा बलात्कृत भएकी थिइन्, बिजुलीबत्ती आविष्कार गर्ने क्रममा थोमस अल्भा एडिसन हजारपटक विफल भएका थिए अनि अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘ह्यारी पोटर’की लेखक जेके रोलिङलाई प्रकाशकले १२ पटक ‘रिजेक्ट’ गरेका थिए। यी सबै सफल व्यक्तिका जीवनमा दुइटा कुरा समान छन् ः पहिलो– हार र दोस्रो– हारलाई हराउने आत्मबल। ओप्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थियौँ, एडिसनले २÷४ पटककै प्रयासमा हरेस खाएका भए सायद हामीले अन्धकारमै बाँच्नुपर्ने थियो, अनि जेके रोलिङ ‘रिजेक्सन’सँग डराएका भए सायदै हामीले संसारकै उत्कृष्ट पुस्तक पढ्न पाउने थियौँ !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्