२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन

पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैंछ। कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो।

पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ।

लिटरेचर फेस्टिभलको दसौँ संस्करण आउँदो साता

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण आगामि बुधबारदेखि पोखरामा सुरु हँदैछ। पुस ११ गतेसम्म चल्ने फेस्टिबलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत प्रवचन हुनेछ। वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन्।

पोखरामा विवेक ओबरायको साहसिक अनूभव (तस्बिर सहित)

बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।

पोखराको प्याराग्लाइडिङ : दिनमा तीनघण्टा मात्रै उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान के हुने भन्ने बारेमा अझै यकिन त भईसकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जनवरी १ मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

आन्तरिक पाहुनाः कोठाको मुल्यमा ‘बार्गेनिङ’ तर, खानपिनमा निस्फिक्रि

पर्यटन व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रुपमा ठुलो आकार मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मुल्यमा ‘बार्गेनिङ’ गर्छन, तर, खानपिनमा खुलेर खर्चन्छन्, पटक्कै कन्जुस्याँइ गर्दैनन्। पोखरेली व्यावसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको छ।

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथनको सदस्यता

पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन्।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो। यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उद्धार अभ्यास (फोटोफिचर)

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारी छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकिएको मितिमा विमानस्थल संचालमा ल्याउनका लागि तयारी थालेको छ। विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) पनि भईसकेको छ। विमानस्थल संचालनको तयारी भईरहँदा शुक्रबार विमानस्थलमा आपत्तकालित उद्धारको अभ्यास गरिएको छ।

पर्यटनलाई लयमा फर्काउन ‘पोखरा सडक महोत्सव ’

सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले गरेको छ।

प्राधिकरणले भन्योः प्याराग्लाइडिङका सबै कम्पनिलाई सराङकोटमा ठाउँ पुग्दैन

झन्डै अढाईदशक अघिदेखि पोखराको आकाशमा उडान थालेको प्याराग्लाइडिङका अहिले ६० कम्पनि छन्।

पोखरा महानगरपालिकाले २४ वटा फर्मलाई अनुदान दियो

साना व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले २४ वटा साना व्यवसायीक फर्मलाई अनुदान दिएको छ। विभिन्न २४ वटा फरक फरक व्यवसायीक फर्मलाई आर्थिक अनुदान प्रदान गरेको महानगरले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्