१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटनलाई लयमा फर्काउन ‘पोखरा सडक महोत्सव ’

अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिने पोखरा सडक महोत्सवको बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै रेबान पोखराका अध्यक्ष नरेश भट्टराई। तस्बिरः धन बस्नेत/नागरिक

सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले गरेको छ।  

कोरोनाको महामारीले एकवर्ष सडक महोत्सव आयोजना गरिएन। गतवर्ष केवल ३ दिनमात्रै सडक महोत्सव आयोजना गर्दै पर्यटनलाई उठाउने प्रयास रेबानले गर्यो अहिले विस्तारै कोरोनाको त्रास कम छ। ‘कोरोनाले सुस्ताएको पर्यटनलाई फेरी चलायमान बनाउने ध्येयसहित पाँचदिने सडक महोत्सवको तयारीमा छौं,’ रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनले पर्यटनमा नयाँ आशा र विश्वास लिएका छौं।’  

रेबानले पुस १३ गतेदेखि १७ गतेसम्म(२८ डिसेम्बर २०२२ देखि १जनवरी २०२३)आयोजना गर्ने छ। खहरेदेखि हल्लनचोकहुदैं फिस्टेलगेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव गरिने छ। झण्डै तीनसाता मात्रै बाँकी रहदाँ होटल बुकिङ शुरु गरिएको छ। ‘कोरोना अघि यही समयमा ४० प्रतिशतसम्म होटल बुकिङ भईसक्थ्या,े’ उनले भने, ‘तर अहिले २० प्रतिशत पनि बुकिङ भएको छैन्।’ उनले कोरोना अघि विदेशी पर्यटकको आगमन सन्तोषजनक रहेको भन्दै कोरोनापछि विदेशी पर्यटकको आगमन न्यून रहेको उल्लेख गरे।

रेबान पोखरोले सडक महोत्सवमा विभिन्न क्षेत्रको भेषभुष, कला सँस्कृतिलाई प्रस्तुत गर्दै आएको छ। २४ औं संस्करणमा आईपुग्दा पोखराको सडकमा चीनियाँ कला सँस्कृति समेत प्रदर्शन गरिने रेबान पोखराले जनाएको छ। सातै प्रदेशको कला सँस्कृतिसहितको झाँकी प्रदर्शन गरिने छ। ‘मौसम खुलेको छ। हिमाल हाँसेको छ पर्यटक लोभ्याउने यो मौसममा हामी पर्यटनमैत्री बातावरणमा सभ्य र भन्वय महोत्सव गर्ने योजनामा छौं,’ रेबान पोखराका अध्यक्ष भट्टराईको भनाई थियो।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले शून्यताको समयमा शुरु गरिएको महोत्सवले पोखराको पर्यटनमा प्रभावकारी भूमिका खेल्दै आएको बताए । उनले होटल संघले जाँउ है पोखरा अभियान र रेबान पोखराको सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडक महोत्सव मार्फत पर्यटन फेरी लयमा फर्किने विश्वास पर्यटन व्यवसायीले लिएको बताए। अध्यक्ष सुवेदीले सडक महोत्सवमै आन्तरिक पर्यटक ठगिएको गुनासो आउन नदिन मूल्य नियन्त्रण गरिने स्पष्ट पारे। ‘पाँचदिनको कमाईले वर्षदिन पुग्दैन’ उनले भने, ‘त्यसैले आन्तरिक पर्यटक पनि सचेत छन् । हामीले पनि होटलहरुको मूल्य नियन्त्रण गर्छौ।’  

पर्यटन प्रवद्र्धनमा गर्विलो इतिहास बोकेको सडक महोत्सवकै नारा ‘सकडमै खाँउ सडकमै रमाउँ’ छ। पाँचदिने महोत्सवमा साँस्कृतिक कार्यक्रम, रात्रीकालिन कन्सर्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, डुंगा दौड तथा डोरी तान(टग अफ वार) प्रतियोगिता जस्ता गतिविधि सञ्चालन गरिने छ। पाँचदिने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने छन। ८५ लाख रुपैयाँ आम्दानी हुने छ। १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रेबान पोखराले लिएको छ।

प्रकाशित: २२ मंसिर २०७९ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App