१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथनको सदस्यता

पोखरा म्याराथनले आन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन्।  

विश्वका दौड ‘वल्र्ड रनिङ’को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको छ। सदस्य प्राप्तसँगै पोखरा म्याराथन एम्सको सदस्य बनेको हो। यसअघि नेपालगन्ज म्याराथनले एम्सको सदस्यता प्राप्त गरेको थियो।  

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार पोखरामा शुरु हुने छ। पोखरा अन्तर्राष्ट्रिय म्याराथन बमे रुटले मान्यता पाएको थियो। रुटले मान्यता पाएपछि एम्सले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको अध्यक्ष हरिप्रसाद पराजुलीले बताए।

‘यो हाम्रो लागि निकै गर्वको विषय हो। नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो,’ उनले भने। पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै पोखरा स्पोर्टस सिटीको रुपमा विकास हुने अपेक्षा र विश्वास पर्यटन व्यवसायीले गरेका छन्।  

अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँसम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा बढी आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन्। ‘यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ। ‘गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरुसंग खुशी बाडँन चाहन्छौं,’ उनको भनाई थियो। सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा सँगसंगै हिड्न पाउँदा खुसी लागेको बताएका छन।

प्रकाशित: २४ मंसिर २०७९ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App