२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

'भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो'

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले भएको नेता सुर्य थापाले बताएका छन्। चुनावी भेटघाटका क्रममा सरुमारानी गाउँपालिका-१ फर्सावाङ्गमा भएको कार्यक्रममा बोल्दै उनले भूमिहीन जनातालाई बासको व्यवस्था गर्ने नीति एमालेले अघि सारेको बताए।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य थापाले २०५१ सालमा भूमिहीन जनताहरूलाई बासको व्यवस्था गरेर वर्गीय नाता दर्शाएको उल्लेख गरे। बाङ्गेशाल लगायत जिल्लामा देखिएका घरबासविहीनहरूको समस्या समाधानका लागि ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे।

उनले दरभान-झिलीबाङ सडक कालोपत्र गर्न ठेक्का निकालिएको, २ किमी सडक र एउटा पुल निर्माण गरिने तथा झिलीबाङ-लामाताल पक्की पुल अलपतत्र अवस्थाबाट निर्माण पूरा गर्ने गरी काम अघि बढेको जानकारी समेत गराए।

बाङ्गेशाल क्षेत्रको अधुरो सिँचाइ योजनालाई पूरा गरि यहाँको जमिन हराभरा बनाउने उनले योजना सुनाए।

प्रकाशित: २० माघ २०८२ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App