अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसंगको वार्ताबाट सकरात्तक नतिजा निस्कने आशा गरेका छन्। त्यसो नभएमा केही खराब हुन सक्ने भन्दै उनले आफु वार्ताको सकरात्मक नतिजाको प्रतिक्षामा रहेको बताए।
‘हामी अहिले इरानसँग कुरा गरिरहेका छौं र मलाई आशा छ कि यसको नतिजा राम्रो हुनेछ, ट्रम्पले भने, ‘किनभने यदि त्यसो भएन भने केही खराब हुन सक्छ।’
यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो, जब आगामी केही दिनमा इरानका विदेशमन्त्री अब्बास अराग्ची र ट्रम्पका विशेष दूत स्टिभ विटकॉफबीच प्रत्यक्ष भेटघाट हुन सक्ने अड्कलबाजी तीव्र भएको छ। उक्त भेट सम्भवतः टर्कीको इस्तानबुलमा हुने बताइएको छ। एजेन्सी
प्रकाशित: २० माघ २०८२ १२:५७ मंगलबार





