नव विवाहित जोडी अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाले विवाह गरेका छन्। दुवैले आफ्नो विवाहका तस्बिरहरू सार्वजनिक गरेर सामाजिक सञ्जालमा तहल्का मच्चाएका छन्।
‘विरोश’ विवाहका यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल हुँदैछन्। यो जोडीले आफ्ना प्रशंसकहरूका लागि विशेष तस्बिर र सन्देश लेख्दै सुखद खबर सुनाएका हुन्। अहिले रश्मिका र विजयलाई उनका प्रशंसक र साथीहरूले बधाई दिइरहेका छन्।
रश्मिका मन्डानाले विजय देवरकोन्डासँगको विवाहको तस्बिर साझा गर्दै भावुक हुँदै उनलाई आफ्नो श्रीमान्का रूपमा चिनाएकी छिन्।
यस्तै, विजय देवरकोन्डाले लेखेका छन्, ‘मैले उनलाई यसरी सम्झिएँ कि उनी साथमा भए मेरो हरेक दिन अझ राम्रो हुने थियो। यदि उनी मेरो छेउमा भए मेरो खाना अझ स्वस्थकर हुने र उनीसँगै हुँदा मेरो कसरत पनि बढी रमाइलो हुने मलाई महसुस भयो। म जहाँ भए पनि मलाई घर र शान्तिको अनुभूति गर्न उनको आवश्यकता थियो, त्यसैले मैले आफ्नो सबैभन्दा मिल्ने साथीलाई नै श्रीमती बनाएँ।’
तस्बिर : रश्मिका र विजयको इन्टाग्रामबाट











प्रकाशित: १४ फाल्गुन २०८२ २०:२६ बिहीबार





