१९ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौं प्याराग्लाइडिङ

आकाशमा उडिरहेका चरा देख्दा त्यसै गरी उड्ने कल्पनामा रमाउँछ मान्छे। विज्ञानको चमत्कारले चराझैं फनफनी घुम्न सकिन्छ अचेल। त्यसका लागि प्याराग्लाइडिङ एउटा राम्रो माध्यम हो। तालिम प्राप्त मान्छेले मात्र ग्लाइडर उडाउन सक्छ। उडाउने तालिम नलिएकाहरूले चाहिँ पाइलटसँगै बसेर त्यसको मजा लुट्न सक्छन्। साहसिक खेल प्याराग्लाइडिङमा रमाउनेहरूको संख्या दिनानुदिन बढ्दै छ। जति बढी साहसिक काम उति बढी रोमाञ्चक अनुभव हुन्छ।

स्थानीय स्तरबाट प्याराग्लाइडिङ सञ्चालनमा ल्याईँदै

सदरमुकाम चौतारा नजिकै स्थानीय स्तरबाट साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने भएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा यसै सातादेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको हो।

महानगर र प्याराग्लाइडिङ व्यवसायीबीच कर विवाद, कर तिर्न एकसाताको म्याद

पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरे पनि व्यवसाय र नवीकरण कर नतिरेका कम्पनीलाई पोखरा महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साताभित्र बक्यौता रकम तिर्ने सहमति भएपछि बुधबारदेखि रोक्ने भनिएको उडान नियमित सञ्चालन भएका छन् । साताभित्र बक्यौता रकम नतिर्ने कम्पनीलाई उडान गर्न नदिने महानगरले बताएको छ ।

तीन दिनमा ४ दुर्घटना

प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए।

नियमनकारीलाई थाहै नदिई प्याराग्लाइडिङ प्रतियोगिता

पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिएको छ। तर प्रतियोगिताबारे न त आयोजक खुलेको छ, न नियमनकारी निकायलाई नै जानकारी छ। दिनुहँजसो प्याराग्लाइडिङ दुर्घटना भएपछि बल्ल प्रतियोगिताबारे चासो जागेको हो।

प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियस सोलो पाइलट डिएमआई डिभिएलको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए।

एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन्। अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

हेलचक्रयाइँले दुर्घटना बढ्दै

आखिर किन हुन्छन् पोखराको आकाशमा बारम्बार प्याराग्लाइडिङ दुर्घटना ? नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोवित बानियाँ भन्छन्, ‘जसले जहाँबाट उडे पनि रोकतोक छैन। आकाशमा उड्ने प्याराग्लाइडिङलाई कतैबाट नियमन हुँदैन। मनपरी भएकाले जोकोही जहाँ पायो त्यहींबाट उड्छन् अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ। कतिपयले मौसमको ख्यालसमेत गर्दैनन्।’ उनका अनुसार पोखराको आकाशमा उड्न आएका विदेशी पाइलटले त ‘टेकअफ’ र ‘ल्यान्डिङ’ क्षेत्रसमेत अध्ययन गर्दैनन्।

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना

सराङकोटबाट उडेको एक प्याराग्लाइडर फेवातालमा खसेका छन्। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ। दर्घटनामा पर्ने विदेशी सोलो पाइलट भएको जनाइएको छ। उनको नाम खुलेको छैन।

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

प्याराग्लाइडिङ नियमन गर्ने कोही छैन

पोखराको आकासमा उडान हुने प्याराग्लाइडिङलाई नियमन गर्न भिन्दै र अधिकारसम्पन्न निकाय माग्दै आएको वर्षाैं बितिसकेको छ। तर, सरकारले नियमनकारी निकायको टुंगो लगाउन नसक्दा प्याराग्लाइडिङ क्षेत्रमा देखिएका कमी कमजोरी सुधार हुन नसकेको यहाँका व्यवसायीले बताएका छन्।

प्याराग्लाइडिङ विश्वकप नियाल्दा

गाउँमा हजुरबुबाले महापुर मैदानको सौन्दर्यबारे कहानी सुनाइरहनुहुन्थ्यो। उहाँ त सानैमा धेरै पटक त्यस स्थानमा पुगिसक्नुभएको रहेछ। महापुर मैदानका बारेमा उहाँले भनेका कुरा सुन्दा मलाई अहिले भर्खरै त्यहाँ जाऊँजाऊँ लागिरहन्थ्यो। अरू बेला पनि त्यहाँ विभिन्न सांस्कृतिक उत्सव, हाटबजार, मेला आदि भइरहन्थे। त्यतिबेला पनि आफ्ना अभिभावकसँग साथीहरू त्यहाँ जाने कुरा सुन्दा मलाई पनि निकै रहर लाग्थ्यो।

विश्वकपले जगाएको आशा

स्याङ्जामा साहसिक हवाई खेल प्याराग्लाइडिङको ‘फस्ट एक्युरेसी वल्र्डकप’ (पिजिडब्लुसी) १५–१८ कात्तिकमा सम्पन्न भएको छ।

उदयपुरमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र

साहसिक खेल पर्यटनअन्तर्गत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण केन्द्र प्रदेश नं १ मा पनि सञ्चालनमा आएको छ।

प्याराग्लाइडिङ वर्ल्डकप, कोरिया उत्कृष्ट, नेपाल आठौंमा

स्याङजाको स्वरेकमा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप (पिजिएडब्लुसी)को ओभरअलमा व्यक्तिगततर्फको विधामा कोरियाका खेलाडीले वर्चश्व जमाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्